स्पेनमा दुई दिनको अन्तरमा दुई वटा रेल दुर्घटना हुँदा ४२ जनाको मृत्यु भएको छ।
आइतबार स्थानीय समयअनुसार बेलुकी ७:४५ बजे कोर्दोबा राज्यको अदमुजमा दुइटा तीव्र गतिको रेल आपसमा ठोक्किँदा ४२ जनाको मृत्यु भएको थियो।
दुर्घटनामा कम्तिमा १३१ जना घाइते भएको अमेरिकी अखबार द वासिङ्टन पोस्टले जनाएको छ।
इर्यो नामक निजी कम्पनीको रेल मलागाबाट राजधानी म्याड्रिड जाँदै थियो। त्यसमा झन्डै ३ सय यात्रु सवार थिए।
रेन्फे कम्पनीको सरकारी रेल म्याड्रिडबाट दक्षिणपश्चिम तटीय सहर ह्वेल्वा जाँदै थियो। एउटा रेलमा झन्डै तीन सय यात्रु सवार थिए। अर्कोमा कति यात्रु थिए भन्ने खुलेको छैन।
प्रतिक्रियाहरू (0)