
धनकुटा, माघ १८ गते । धनकुटाको सहिदभुमी गाँउपालिकालाई साँगुरीगढी गाँउपालिका संग जोड्ने त्रीवेणीमा तमोर नदि माथि लगाइएको झोलुङ्गे पुल जिर्ण बनेको छ । २०२६ सालमा निर्माण गरिएको सोहि जोखिपुर्ण पुलवाट स्थानिय आवतजावत गर्न बाध्य छन् । पुल वाट यात्रा गर्दा जोखिम कम गर्न दाँयावाया घेरीएको तार खिया लागेर धेरै ठाँउमा नष्ट भएको छ । तार नष्ट भएको स्थानमा बाँसको प्रयोग गरीएको छ । बाँस समेत मक्काइसकेका छन् । तार अड्याउन प्रयोग गरीएको लठ्ठामा समेत खिया लागेको छ । पुलको हिड्ने स्थानमा धेरै ठाँउमा काठ प्रयोग गरीएको छ काठ समेत मक्काएको छ । पिलरवाट पुल अड्याउन प्रयोग गरीएको लठ्ठामा समेत खिया लाग्न थालेको छ ।
भोजपुर खोटाङ्ग, संखुवासभाका वासिन्दालाई तराई सम्म पुग्न ५५ बर्ष अघि २०२६ सालमा निर्माण गरिएको यो पुल जिर्ण बनेको हो । २०२४ सालमा निर्माण गरीएको पुल तमोर नदिमा आएको बाढीले २०२५ सालमा बगाए पछि यो पुल निर्माण गरिएको स्थानिय बताउछन् । गाँउगाँउमा सडक नपुग्दा सम्म यो पुल निक्कै चहलपहल थियो । तर पछिल्लो समय पुलमा यात्रुको चहलपहल घटेको छ । चहलपहल घटेसंगै पुल संरक्षणमा चासो नदिईदा जिर्ण बन्दै गएको धनकुटाको साँगुरीगढी गाँउपालिका वडा नम्बर दशको स्थानिय ईन्द्र भक्तराई बताउनु हुन्छ । राईका अनुसार अहिले पनि सो पुल मार्फत दैनिक ४०÷५० व्याक्ति ओहोर दोहोर गर्ने गरेका छन् । त्यस्तै धनकुटाकोतमोर पारी तथा भोजपुर खोटाङ्ग वाट गाई गोरु बिक्रिको लागी सोहि पुल पार गराई तराई पुर्याउने गरीएको छ । एक हप्तामा पाँच सय भन्दा बढि गाईगोरु त्यहावाट पार गराइने गरीएको छ ।
साँगुरीगढी गाँउपालिका वडा नम्बर दशका तल्लो क्षेत्रका बिद्यार्थी माध्यमिक शिक्षा लिन सोहि झोलुङ्गे पुल पार गरी शहिदभुमी गाँउपालिका जानु पर्ने हुन्छ । अन्य बिकल्प नहुदा जोखिमपुर्ण पुलवाट आफुहरु आवतजावत गर्न बाध्य भएको बिद्यार्थी सिता राईको भनाई छ । “दैनिक ओहोरदोहोर गर्दा डर त लाग्छ तर दैनिक स्कुल जानैपर्छ अरु बिकल्प छैन” राई भन्नु हुन्छ ।
सामान्य तथा पुल निर्माण भएको ५० बर्ष सम्म पुललाई राम्रो मान्ने गरीएको गरीएको छ । तर पुल मर्मत तथा संरक्षण गरीरहेको अबस्थामा पुलको आयु थपिने पर्डेप नेपाल धनकुटाका ईन्जीनियर धन बहादुर मिजार बताउनु हुन्छ । भत्किहाल्ने अबस्था नभएपनि अन्य कारणले जोखिमपुर्ण अबस्थामा रहेको उहाँको भनाई छ । त्यसो त जोखिमपुर्ण अबस्थामा रहेको पुल मर्मतको लागी माग गरीएपनि आफ्नो मागको सुनुवाई नभएको साँगुरीगढी गाँउपालिकाका अध्यक्ष जितेन्द्र राई बताउनु हुन्छ । “झोलुङ्गे पुल हेर्ने बिभागमा समेत पुल जिर्ण भएको अबस्थाको बारेमा पटक पटक जानकारी गराएको छौ तर अहिले सम्म सुनुवाई भएको छैन” राई भन्नु हुन्छ ।
यो पटक तमोरमा आएको बाढीले समेत पुलको एक छेउ तर्फ कटान गरी थप क्षति पुर्याएको सहिदभुममी गाँउपालिकाका अध्यक्ष मनोज राई वताउनु हुन्छ । पुलको जोखिमको बारेमा पटक पटक कुरा उठाएको भएपनि पुल मर्मतको लागि कुनै काम नभएको उहाँको गुनासो छ । “पुल जोखिमपुर्ण अबस्थामा छ, हामीले पटक पटक जिल्ला बिपद् ब्यबस्थापन समितीमा यो पुलको बारेमा कुरा राखेको छौ तर अहिले सम्म काम भएको छैन” राई भन्नु हुन्छ ।
SHARE
RELATED_NEWS
अभिलेख








श्रम स्वीकृति तथा उद्धार सेवा स्थानीय पालिकाबाट, वैदेशिक रोजगारी सहज बन्दै


COMMENT
.