• ११ जेठ २०८२, शनिवार
  • विज्ञापनको लागि: 9842417115

आगलागीमा ११ करोड भन्दा बढीको क्षति

२४ चैत २०८१, आइतवार
57

धनकुटा चैत्र २४ गते । पाख्रीबास नगरपालिका वडा नम्बर नौ उत्तरपानीमा भीषण आगलागी हुँदा ११ करोड रुपैयाँ भन्दा बढीको क्षति भएको छ । स्थानीय अमर श्रेष्ठको काठ, पात र टिनको छानाले बनेको दुई तले घरमा आगलागी भएको हो । शनिबार साँझ साढे सात बजे टिभि कोठावाट अचानक आगो सल्किएको हो । पीडित श्रेष्ठका अनुसार आगलागीबाट घरसँगै सञ्चालनमा रहेको किराना होलसेल पसल तथा पसलमा रहेका सबै सामान र नगद ५ लाख रुपैयाँ पूर्णरुपमा जलेर नष्ट भएका छन् । त्यसैगरी श्रेष्ठकै निर्माणाधीन दुई तले पक्की घरको झ्याल, ढोका र भित्तामा समेत क्षति पुग्दा झण्डै ११ करोड रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी निरीक्षक सुमन खड्काले जानकारी दिनुभयो ।  बिद्युत सर्ट भई आगलागी भएको प्रहरीको प्रारम्भीक अनुमान छ ।

श्रेष््ठकै घर संगै जोडिएको खगेन्द्र घिसिङको निर्माणाधीन दुई तले घर आंशिकरूपमा क्षति भएको छ। उक्त घरमा करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीपछि घटनास्थलमा धनकुटा नगरपालिकाको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको सहयोगमा करीब ४ घण्टा पछि मात्र आयो नियन्त्रणमा आएको थियो । आगलागी हुदा समयमै दमकम नपुगेका कारण बढि क्षती भएको स्थानियको आरोप छ । 

COMMENT

.