होमपेज
समाचार
राजनीति
विचार
अन्तर्वार्ता
मनोरञ्जन
साहित्य
आर्थिक
विविध
ग्यालरी
Advertisement

धनकुटाकाे पाख्रिवासमा आठौँ मेयर कप फुटबल प्रतियोगिता सुरु

लेखक
PalikaNews
श्रेणी
खेलकुद
मिति
२०८३-०८-०३
हेरिएको
4 पटक

 

धनकुटाको पाख्रीबासमा आठौँ मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ।  पाख्रीबास नगरपालिकाको आयोजनामा  जालपादेबी मा‍ बि खेलमैदानमा बिहिबारवाट  प्रतियोगिता सुरु भएकाे हाे ।प्नतियाेगितामा पालिकाका १० वटै वडाका टोलीको सहभागिता रहेकाे छ  । प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ३५ हजार रुपैयाँ र उपविजेताले ६७ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने नगरप्रमुख ज्ञानबहादुर गुरुङले जानकारी दिनुभयो। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगिताले स्थानीयस्तरमा फुटबल खेलको विकास र खेलाडीको प्रतिभा पहिचानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियाेगिता आइतबार सम्म सञ्चालन हुने जनाइएकाे छ ।

प्रतिक्रियाहरू (0)