होमपेज
समाचार
राजनीति
विचार
अन्तर्वार्ता
खेलकुद
मनोरञ्जन
साहित्य
आर्थिक
विविध
ग्यालरी
Advertisement

सघन शहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियरसहित ३ जना घुससहित पक्राउ

लेखक
PalikaNews
श्रेणी
समाचार
मिति
२०८२-१२-२३
हेरिएको
371 पटक

 

धनकुटा, २३ चैत । सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियरसहित तीन जना कर्मचारीलाई घुस रकमसहित अख्तियारले नियन्त्रणमा लिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार इन्जिनियर सुमन राई, लेखा अधिकृत ईन्द्रबहादुर कार्की र सबइन्जिनियर रविन श्रेष्ठलाई ८५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको हो। भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ स्थित एक विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानी प्रक्रिया अगाडि बढाउन उनीहरूले सेवाग्राहीसँग विभिन्न बहाना बनाएर दुःख हैरानी दिँदै घुस माग गरेको उजुरी परेको थियो। उक्त उजुरीका आधारमा अख्तियारको टोलीले सेवाग्राहीबाट ८५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा राईलाई ललितपुरबाट पक्राउ गरेको हो। यसैगरी, इटहरीस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले कार्की र श्रेष्ठलाई क्रमशः धनकुटा र भोजपुरबाट नियन्त्रणमा लिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरूबाट घुस रकम, तीन थान मोबाइल र अन्य सम्बन्धित कागजात बरामद गरिएको अधिकारीले बताउनु भयो । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रियाहरू (0)