धनकुटा सम्वाददाता
मङ्सिर १ गते । धनकुटाको चौबिसे गाउँपालिका–राजारानीमा अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता तथा चौबिसे फुड फेस्टिभल कार्यक्रम आयोजना हुने भएको छ । स्वर्गीय ज्ञानबहादुर तथा बुद्धिमाया लिम्बूको स्मृतिमा चौथो संस्करणको ‘हाम्रो राजारानी भेडेटार गोल्डकप, चौबिसे फुड फेस्टिभल हुन लागेको हो ।
गोल्डकपमा नेपालका विभिन्न जिल्लासहित भारत र बेलायतका भेट्रान फुटबल टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा हाम्रो राजारानी भेट्रान एफसी, इटहरी भेट्रान क्लब, सतिसाले भेट्रान क्लब केराबारी, धरान सिटी भेट्रान एफसी, युके भेट्रान एफसी इङ्गल्यान्ड, जेभीसी सिङ्ताम भेट्रान एफसी सिक्किम, एभरेस्ट भेट्रान मोरङ र दुधे भेट्रान क्लब झापाको सहभागिता रहने प्रचारप्रसार संयोजक सबिन अधिकारीले जानकारी दिनुभयो । प्रतियोगिताको विजेता टोलीले एक लाख ३५ हजार र उपविजेताले ७१ हजार एक सय ११ रुपैयाँ हात पार्नेछन् ।
यता चौबिसे फुड फेस्टिभल कार्यक्रममा स्थानीय खाद्य परिकार, कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ । आयोजक संस्थाका संयोजक बिजु राईका अनुसार नृत्य प्रतियोगिता समेत आयोजना गरिनेछ । कार्यक्रम चौबिसे गाउँपालिकाको संरक्षण तथा राजारानी बजार व्यवस्थापन समितिको सहकार्यमा कार्यक्रम आयोजना हुन लागेको हो । आयोजकले जानकारी अनुसार कार्यक्रम मङ्सिर ५ गते देखि ८ गते सम्म सञ्चालन हुनेछ ।
प्रतिक्रियाहरू (0)