• ११ जेठ २०८२, शनिवार
  • विज्ञापनको लागि: 9842417115

सहिद भीमनारायणको सपना पुरा हुनुपर्ने ः सहिदपरीवार

११ फागुन २०८१, आइतवार
65

धनकुटा, फागुन ११ गते । सहिद भीमनारायण श्रेष्ठको सपना पुरा गर्न सबैले ध्यान दिनुपर्ने परिवारजनले बताएका छन् । छैटौँ धनकुटेली समागमले सहिद भीमनारायण श्रेष्ठ पत्नी लक्ष्मीदेवी श्रेष्ठलाई अभिनन्दन गरेको कार्यक्रममा परिवारले सहिद भीमनारायण मात्रै होइन सबै सहिदको सपना पुरा हुनुपर्ने बताएका हुन् । भीमनारायणका पुत्रहरू मनोज नारायण श्रेष्ठ र मनोहर नारायण श्रेष्ठले सहिद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठान गठन गरेर केही काम हुँदा भीमनारायण श्रेष्ठप्रति सम्मान भएको अनुभूति भएको बताउनु भयो । लोकतान्त्रिक गणतन्त्रको स्थापना र मानवअधिकारको संरक्षणका लागि आफ्नो जीवन समर्पण गर्ने सहिद भीमनारायण श्रेष्ठकी धर्मपत्नी लक्ष्मीदेवी श्रेष्ठलाई दोसल्ला ओढाएर तथा अभिनन्दन पत्रले अभिनन्दन गरिएको हो । 
धनकुटा नगरपालिका वडा नं. ६ सिरान बजार निवासी श्रेष्ठले आफ्नो श्रीमानको बलिदानपछि परिवार र वैयक्तिक सुख सुविधाभन्दा मुलुकको सुनौलो भविष्यका लागि त्याग गरेको भन्दै अभिनन्दन गरिएको छैटौँ धनकुटेली समागमकी संयोजक प्रा. डा. सावित्री कक्षपतिले बताउनु भयो। उहाँले चार सन्तानको पालनपोषणसँगै मौलिक हक र अधिकारको संवैधानिक सुनिश्चितताका लागि निरन्तर सङ्घर्ष गरेको कक्षपतिको भनाइ छ । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नगर प्रमुख चिन्तन तामाङले श्रेष्ठको जीवन नेपाली महिलाहरूका लागि प्रेरणादायी रहेको बताउँदै हामी भीमनारायणको अतुलनीय योगदानलाई भुल्न नहुने बताउनु भयो। 
१९९४ साल असार २४ गते धनकुटामा जन्मिएका भीमनारायण श्रेष्ठलाई २०३० चैत्र ३ गते तत्काल राजा वीरेन्द्रलाई विराटनगर सवारी हुँदा बम हानेको आरोपमा तत्कालीन सरकारले पक्राउ गरेको थियो। पक्राउ प्रश्चात सरकारले कठिन जेल यातना दिएर २०३५ साल माघ २६ गोली हानी हत्या गरेको थियो।
फोटो
सम्मान ग्रहण गर्नु हुँदै सहिद परिवार  

COMMENT

.