साउन २९ गते । नेकपा एमाले कोसी कमिटीले आधिकारी फेसबुक, टिकटक र युट्युब एकाउन्ट सञ्चालनमा ल्याएको छ । धनकुटाको हिलेमा साउन २७ र २८ गते चलेको प्रदेश कमिटीको सातौँ पूर्ण बैठकको क्रममा आधिकारिक एकाउन्टहरू सार्बजानीक गरिएको हो । त्यस्तै प्रदेश भरीको दैनिक गतिविधि समावेश गरेर साँझ सूर्य समाचार बुलेटिन समेत प्रसारण गर्ने तयारी गरेको छ । अहिलेको समय डिजिटल युग सँगै छिटो, छोटो छरितो सूचना सम्प्रेषण गर्न सामाजिक सञ्जाल उपयोग गर्ने रणनीति अनुरूप प्रदेश कमिटीको आफ्नै फेसबुक, टिकटक र युट्युब निर्माण गरिएको प्रचार विभाग प्रमुख लक्ष्मण तिवारीले जानकारी दिनुभयो । यो अभियानलाई जिल्ला पालिकाहरू हुँदै वडा वडा सम्म पुर्योउने उहाँको भनाई छ ।
त्यस्तै धनकुटा बैठकले विधान महाधिवेशनका निम्ति सुझाव सङ्कलन गर्न कार्यदल समेत गठन गरेको छ । प्रदेश सचिव राजकुमार भण्डारीको संयोजकत्वमा सुझाव सङ्कलन कार्यदल गठन भएको हो । यो कार्यदलले कोशिका १४ वटै जिल्लाबाट आएको सुझावलाई सङ्कलन गरेर पार्टी केन्द्रमा पठाउने जनाइएको छ । त्यस्तै बैठकले एक बर्से कार्य योजना पारित गरेका सचिव राजकुमार भण्डारीले जानकारी दिनुभयो ।
SHARE
RELATED_NEWS
अभिलेख
समाचार
श्रम स्वीकृति तथा उद्धार सेवा स्थानीय पालिकाबाट, वैदेशिक रोजगारी सहज बन्दै
१७ माघ २०८१, बिहिवार
फुटबल
१७ औँ संस्करणको भीमनारायण गोल्ड कपको उपाधि सप्तरीको नमो बुद्ध फुटबल क्लब लाई
२३ चैत २०८१, शनिवार
COMMENT
.