• १८ मंसिर २०८२, बुधवार
  • विज्ञापनको लागि: 9842417115

धनकुटामा ’नो कभर डे’ मौलिक सङ्गीत महोत्सव हुने

६ फागुन २०८१, मङ्गलवार
227
धनकुटा, फागुन ६ गते । धनकुटामा पहिलो पटक ‘नो कभर डे’ मौलिक सङ्गीत महोत्सव हुने भएको छ। बौद्धिक विकास समाज समिति र आरोह ब्यान्ड धनकुटाको संयुक्त आयोजनामा बुधवार बिच बजारमा कार्यक्रम आयोजना हुन लागेको हो। बुधवार दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रममा छ वटा चर्चित ब्यान्डहरूले सहभागिता जनाउने छन्। कार्यक्रममा लक्ष्य, आरोह, चुम्बक, विभिन्न, जेरम र स्काइ एडी ब्यान्डले आ–आफ्ना मौलिक सिर्जना प्रस्तुत गर्ने आयोजकले जनाएका छन्। मौलिक सिर्जना गर्ने ब्यान्डमा लक्ष्य, आरोह र स्काइ एडी धनकुटाकै रहेका छन् भने अरू जिल्ला बाहिरका रहेका छन्। 
मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले कार्यक्रमको जानकारी तथा तयारी पुरा भएको जानकारी दिएको हो। कार्यक्रमको मुख्य उद्देश्य मौलिक सङ्गीतको प्रवर्द्धन र स्थानीय प्रतिभाहरूलाई प्रोत्साहन गर्नु रहेको कार्यक्रम संयोजक सिरज जोशीले बताउनु भयो। दीप इङ्लिस सेकेन्डरी स्कुल नजिक बिच बजारमा हुने कार्यक्रमले स्थानीय कलाकारहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै मौलिक सङ्गीतको विकासमा योगदान पु¥याउने विश्वास गरिएको धनकुटा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष मिलन खड्गीले बताउनु भयो।

COMMENT

.