• १९ जेठ २०८२, आइतवार
  • विज्ञापनको लागि: 9842417115

वसन्त पञ्चमीकाे अवसरमा जीतपुरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु

१८ माघ २०८१, शुक्रवार
282



धनकुटा, माघ १८ गते । वसन्त पञ्चमीको अवसरमा धनकुटाको जीतपुरमा आजवाट खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । स्थानीय जनता माध्यमिक विद्यालयको खेल मैदानमा महालक्ष्मी कप खेलकुद समितिको आयोजनामा प्रतियोगिता सुरु भएका हो । प्रतियोगिताको विजेता टोलीले उपाधि सहित दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ हात पर्नेछ । त्यस्तै उपविजेता टोलीले एक लाख एक एघार हजार एक सय ११ रुपैयाँ हात पार्ने  आयोजक महालक्ष्मी कप खेलकुद समितिका अध्यक्ष नरेन तुम्बाले जानकारी दिनुभयो । त्यस्तै विभिन्न विधागत पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । 

माघ २१ गते सम्म सञ्चालन हुन लागेको सो प्रतियोगितामा आयोजक सहित भिमभ दल गण, रानी बिराटनगर, श्री नयाँ श्रीनाथ गण लगायत नौ टिमको सहभागिता रहेको आयोजना संस्थाका सल्लाहकार गौरव कार्कीले जानकारी दिनुभयो ।  करिब दश लाख रुपैयाँ लाग्ने अनुमान गरिएको सो प्रतियोगितामा महालक्ष्मी नगरपालिकाको विशेष सहयोग रहने छ । त्यस्तै वडा नम्बर ७ ले समेत प्रतियोगितामा सहयोग गर्ने जनाइएको छ । त्यस्तै जिल्ला भलिबल सङ्घले पनि प्रतियोगितालाई सहयोग गरेको छ । पालिकाको मात्र नभई जिल्लाकै भलिबल तर्फको खेलकुद गतिविधि बढाउन तथा स्थानीय खेलाडीको मनोबल बढाउन प्रतियोगितालाई सहयोग गरिएको महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज रायले जानकारी दिनुभयो । 



COMMENT

.