
धनकुटा १९ माघ, नेपाली कांग्रेस धनकुटाको सक्रिय ,पहल र अनुरोधमा महासमिति सदस्य उदय वहादुर लिम्बुको वशेष आग्रहमा विद्यार्थी परियोजना नेपालले धनकुटाका तिन जना विद्यार्थाहरुलाई छात्रवृतीका लागी पठएको रकम आाज विशेष कार्यक्रमका विच धनकुटामा प्रदान गरेको छ ।
धनकुटा जिल्ला सागुरीगढी गाउपालिका वडा नं. १० का नेपाली कांग्रेसका तत्कालिन वडा सभापती स्वर्गीय झगेन्द्र राईको छोरा अनुज राईको लागी १५ हजार रुपैया,नेपाल प्रेस युनियन धनकुटा शाखाका तत्कालिन कोषाध्यक्ष पूर्ण कुमार चौधरीका छोरा आादित्य विक्रयम चौधरीलाई १० हजार रुपैया र छथर छोरपाटीका प्रतिमा लिम्बुको लागी १३ हजार ५ सय रुपैया प्राप्त छात्र वृति धनकुटामा एक समारोहका विच नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रभवाशली यूवा नेता संविधान सभा सदस्य डा. डिला संग्रौला ,जिल्ला सभापति दिनेश राई,महासमिति सदस्य उदय लिम्बुले संयुक्त रुपमा प्रदान गर्नु भयो । सो अवसरमा पूर्व प्रदेश राज्य मन्त्री माननीय इन्दिरा थापा,महासमिति सदस्यहरु आनन्द सन्तोषी राई, जिल्ला उपसभापती सुनिल कुमार डंगोल,जिल्ला सचिवहरु विजय सन्तोषी राई,जयद्र घिसिग,सहसचिवहरु गिरिजा प्रसाद दाहाल,श्रीराम रायमाझी कोषाध्यक्ष सरस्वती मगर,नेपाल किसान महासंघका केन्द्रिय सदस्य टिका भण्डारी,नेपाल तरुण दलका केन्द्रिय सदस्य तिलक महत,नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका देवी धमलाले छात्र वृति प्राप्त गर्नु हुने विद्यार्थी भाई वहिनीहरुलाई अध्ययनका लागी सफलतको शुभ कामना दिनु भएको थियो ।
अनुज राईलाई वितग तिन बर्ष अधि देखी र प्रतिमा लिम्बुलाई दोस्रो किस्ता र आदित्य विक्रम चौधरीलाई पहिलो किस्ता वापतको उक्त रकम प्रदान गरिएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।
SHARE
RELATED_NEWS
अभिलेख








श्रम स्वीकृति तथा उद्धार सेवा स्थानीय पालिकाबाट, वैदेशिक रोजगारी सहज बन्दै


COMMENT
.