सिन्धुलीमा पेट्रोल छर्की आगजनी गरी बुहारीको हत्या गरेको आरोपमा अदालतले सासू र नन्दलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ।
पुस ६ गते कमलामाई नगरपालिका-४ धुराफाँटकी ३२ वर्षीया सुशीला घिसिङ (बम्जन) लाई प्रेट्रोल छर्की हत्या भएको थियो।
उनको हत्या आरोपमा पक्राउ परेका ५९ वर्षीया सासु मायाँरानी बम्जन र नन्द ३५ वर्षीया मिना बम्जनलाई आइतबार जिल्ला अदालतबाट पुर्पक्षको लागि कारागार पठाउने आदेश दिएको हो।
मृतकका माइतीपक्षले ६५ वर्षीय ससुरा दुर्गामान बम्जनसहित ४ जनाविरूद्ध किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिए।
प्रतिक्रियाहरू (0)