ताप्लेजुङको मुकुम्लुङमा केबुलकार निर्माणको विरोध गर्दै आइरहेको मुकुम्लुङ संरक्षण अन्तर दलीय राजनीतिक पार्टीहरूले गरेको बन्दका कारण पूर्वका जनजीवन प्रभाबित बनेको छ । मुकुम्लुङ अन्तर दलीय राजनीतिक पार्टीले माघ २० र २१ गते अरुणपुर्व नौ जिल्ला (ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सङ्खुवासभा) बन्दको आह्वान गरेको छ । बन्दका कारण कोसी पहाडका जिल्लामा सवारी साधन ठप्प बनेका छन् । कोसी राजमार्ग धरान वाट धनकुटा हुँदै तेह्रथुम र सङ्खुवासभा जाने तथा पहाडी क्षेत्र वाट तराई जाने सवारी साधन सञ्चालन हुन सकेका छैनन् । त्यस्तै तमोर करीडोर ठप्प हुँदा धनकुटाको गढतिर क्षेत्र तथा ताप्लेजुङ, पाँचथर लगायतको स्थानमा सञ्चालन हुने सवारीसाधन चल्न सकेको छैनन् । धरान वाटै सवारीसाधन नआएको कारण यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
मुकुम्लुङमा केबुलकार निर्माणको विरोध गर्दै आइरहेको मुकुम्लुङ संरक्षण समितिले केही दिन अघि वाट मेची राजमार्ग तथा तमोरकरीडोर बन्द गर्दै आएकोमा आज वाट भने अरुण पूर्व बन्द गरिएको मुकुम्लुङ सङ्घर्ष समितिका सुनसरी संयोजक जेन्टल लावतीले जानकारी दिनुभयो ।
TAGS
SHARE
RELATED_NEWS
अभिलेख
समाचार
श्रम स्वीकृति तथा उद्धार सेवा स्थानीय पालिकाबाट, वैदेशिक रोजगारी सहज बन्दै
१७ माघ २०८१, बिहिवार
फुटबल
१७ औँ संस्करणको भीमनारायण गोल्ड कपको उपाधि सप्तरीको नमो बुद्ध फुटबल क्लब लाई
२३ चैत २०८१, शनिवार
COMMENT
.