
धनकुटामा करिब ६ हजार एच.पि.भी. खोप लगाईने
धनकुटा माघ २० गते । धनकुटामा करिब ६ हजार किशोरीहरुलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एच.पि.भी. खोप लगाईने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले आयोजना गरेको जिल्ला खोप समन्वय समिति, संचारकर्मीहरु र सरोकारवालाहरुको लागि अभिमुखीकरण गोष्ठिमा यस्तो जानकारी दिइएको हो । स्वास्थ्य कार्यालय धनकुटाकी स्वास्थ्य अधिकृत प्रतिमा खोयाहाङ्गले दिएको जानकारी अनुसार धनकुटामा आगामी माघ २२ गते देखि २७ गतेसम्म जिल्लाको सातै पालिकामा रहेको विद्यालयहरुमा संचालन हुनेछ । कक्षा–६ देखि १० कक्षासम्म अध्ययनरत १० देखी १४ वर्ष उमेरका छात्राहरुलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एच.पि.भी. खोप लगाईनेछ । पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको तिन प्रकारको खोप मध्ये पहिलो पटक नेपालमा दिन लागिएको खोप भने सिकोलिन रहेको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।
सो अवसरमा रोगको परिचय र अवस्था, रोग सर्ने माध्यम, लक्षण तथा चिन्हहरु, भाईरसका प्रजातिहरुको बारेमा सहभागिहरुलाई जानकारी दिइएको थियो । स्वास्थ्य अधिकृत खोयाहाङ्गका अनुसार पाठेघरको मुखमा २० वर्षसम्म संक्रमण भईरह्यो भने पाठेघरको मुखमा क्यान्सर हुन सक्ने बताईन । संसारमा ५ लाख, ७० हजार महिलाहरुको पाठेघरको मुखमा क्यान्सरको संक्रमण भएको पुष्टि भएको बताइएको छ ।
हरेक वर्ष विश्वमा ३ लाख, ११ हजार महिलाको पाठेघरको मुखमा क्यान्सर भएको कारण मृत्यु हुने गरेको छ । त्यसैगरी नेपालमा हरेक वर्ष २ हजार, १ सय, ६९ जना महिलामा पाठेघरको क्यान्सर हुने गरेको छ भने हरेक दिन ४ जनाको मृत्यु हुने गरेको तथ्याङ्गक छ । नेपालमा पहिलो पटक आ.व.०७६÷०७७ देखि, दोश्रो पटक आ.व. ०७९÷०८० मा र तेश्रो पटक आ.व. ०८१÷०८२ मा पनि महिलाको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप अभियान संचालन गरिएको बताइएको छ ।
SHARE
RELATED_NEWS
अभिलेख








श्रम स्वीकृति तथा उद्धार सेवा स्थानीय पालिकाबाट, वैदेशिक रोजगारी सहज बन्दै


COMMENT
.