• ११ जेठ २०८२, शनिवार
  • विज्ञापनको लागि: 9842417115

महालक्ष्मी कपको उपाधि गला इन्टरनेशनललाई

२१ माघ २०८१, सोमवार
137


धनकुटा, माघ २१ गते । ग्लोवल युवा क्लवलाइ हराउदै गला इन्टरनेशनल वसन्त पञ्चमीको अवसरमा धनकुटाको जीतपुरमा आयोजना  खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि उचाल्न सफल भएको छ । आज धनकुटाको महालक्ष्मीमा भएको फाइनल खेलमा गलाले ग्लोवललाई ३–२ सेटले हराउदै उपाधि उचालेको हो । विजेता टोलीले उपाधि सहित दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ हात पारेको छ । त्यस्तै उपविजेता  टोलीले एक लाख एक एघार हजार एक सय ११ रुपैयाँमा चित्त बुझाएको छ । श्रीपञ्चमीको अबसरमा महालक्ष्मी कप खेलकुद समितिको आयोजनामा माघ १८ गतेवाट सुरु भएको सो प्रतियोगीतामा देशका बिभिन्न नौ क्लबको सहभागीता रहेको थियो आयोजक संस्थाका अध्यक्ष नरेन तुम्वाले जानकारी दिनुभयो । 

प्रतियोगिता महालक्ष्मी नगरपालिका, वडा नम्बर ७ ले जिल्ला भलिबल सङ्घ लगायत बिभिन्न संघसस्थाले सहयोग गरेका थिए । प्रतियोगीतामा पुरस्कार बितरण गर्दै महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज रायले पालिकाको मात्र नभई जिल्लाकै भलिबल तर्फको खेलकुद गतिविधि बढाउन तथा स्थानीय खेलाडीको मनोबल बढाउन प्रतियोगिता सहयोगी बनेको बताउनु भयो । 


COMMENT

.