• ११ जेठ २०८२, शनिवार
  • विज्ञापनको लागि: 9842417115

अब पानी जोहो गर्ने समय अब कृषिमा

२१ माघ २०८१, सोमवार
86

धनकुटा, माघ २१ गते । मोरङको पाटी गाउँ थाम डाँडाकी कल्पना राईको केही समय अघि सम्मको दिनचर्या पानी खोज्नमै बित्ने गरेको थियो । आफूलाई खान मात्र नभई बस्तुभाउलाई खुवाउन घरधन्दा गर्न समेत पानी ओसार्नु पर्ने बाध्यता थियो । घर भन्दा करिब डेढ किलोमिटर तलको मूलबाट एक पटक पानी ओसार्दा करिब ३ घण्टा लाग्ने गरेको थियो । उहाँले दैनिक दुई पटक सम्म पानी ओसार्नु पर्थ्यो ।  एक घरको एक ब्याक्तिको समय पानी जोहो गर्दैमा बित्ने गरेको थियो । तर अहिले उहाँको दैनिकी फेरिएको छ । अहिले उहाँको पानी खोज्ने समय अहिले बचत हुन्छ । समय बचत हुनुको कारण हो लिफ्टीङ आयोजनाको पानी घर घरमै आउनु । पानी बोकेर खाने समस्याको अन्त्य भएपछि कल्पना निक्कै खुसी देखिनु भएको छ । पानी बोक्ने समय अब कृषि कर्मको लागी लगाउने उहाँ बताउनु हुन्छ । “मेरो दैनिकी पानीको जोहोमै बित्ने गरेको थियो पानी लिन धेरै टाढा जानु पर्दथ्यो तर अब पानी धारामा आउन थालेपछि निक्कै सहज भएको छ” राई भन्नु हुन्छ । 
       सोही स्थानका मोहन राईको घर वरिपरि यति बेला दुई हजार भन्दा दुई र अढाई लिटरका पानीले भरिएका बोतलले भरिएको हुन्थ्यो । बर्खामा जम्मा गरेर बोतलमा राखिएको सो पानी हिउँदमा खान र बस्तुभाउ खुवाउन प्रयोग हुने गरेको थियो । तर अहिले उहाँलाई पनि हिउँदको लागी बर्खामै पानी जोहो गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । हिउँदमा पानी खान र चलाउन अब बर्षामै बोतलमा जम्मा गरेर राख्नु नपर्ने राई को भनाई छ । “पहिले हिउँदमा पानी खान र चलाउन बर्खामै जम्मा गरेर राख्नुपर्दथ्यो तर अब दिन बिराएर पानी आउँछ त्यति दुख गर्नु पदैन” राई भन्नु हुन्छ । 
        दक्षिणी धनकुटा र उत्तरी मोरङको सीमा क्षेत्रमा पर्ने यो गाउँमा अहिले खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीयले बर्षौ अघि वाट भोग्दै आएको खानेपानीको चरम समस्याको अन्त्य भएको छ । गाउँमा खानेपानी डिभिजन कार्यालय सुनसरीले करिब एक करोड रुपैयाँको लगानीमा डेढ किलोमिटर तलबाट पानी तानेर ल्याएको छ । पाँच वर्ष अघि सुरु भएको सो योजना मार्फत करिब दुइ हजार मिटरको उचाइमा रहेको जैतुन पार्क क्षेत्रमा एक लाख बिस हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरी गाउँमा धारा मार्फत वितरण गरिएको निर्माण समितिका अध्यक्ष सृजन राई बताउनु हुन्छ ।  धनकुटाको साँगुरी गढी गाउँपालिका वडा नम्बर पाँच र मोरङको केराबारी गाउँपालिका एक पाटी गाउँमा पर्ने यो क्षेत्रका करिब एक सय परिवार खानेपानीको समस्या वाट मुक्त भएका हुन् । थाम डाँडा, सुर्के र जैतुन पार्क क्षेत्र गरी तिन टोलमा करिब एक सय परिवारको बसोबास छ  । यहाँ सबै उपभोक्तालाई दिन बिराएर पानी वितरण गर्ने गरीएकाे स्थानीय पानी वितरक रबिन राई बताउनु हुन्छ । पानीको समस्या समाधान भएपछि स्थानीय निक्कै खुसी भएका छन् । 
      यो क्षेत्रमा पहिले देखिनै पानीको समस्या रहेको स्थानीय बताउँछन् । बाउ बाजेले टाढाको खोला खोल्सीबाट पानी बोकेर ल्याएर जाेहो गर्ने गरेको थिए । तर पछिल्लो समय ड्रम, विभिन्न पेय पदार्थका बोतल पाउन थाले पछि केही वर्ष यता स्थानीयले बर्खाको पानी जोहो गर्न थालेको थिए ।
अव बचेको समय कृषिमा 
      लामो समय सम्म पानीको समस्या भोगको स्थानीय अब भने पानी जोहो गर्ने समय कृषिमा लगाउने बताउँछन् । सो स्थानका स्थानीयको एक ब्याक्तिको एक दिन समय पानी जोहोमै बित्ने गरेको थियो । सो समयलाई कृषि उत्पादनमा लगाउने स्थानीयले सोच बनाएका हुन् । स्थानीय अधिकांशको सोच अब कृषि पेसालाई ब्यबसायीक गर्ने नै छ । पानी समस्याका कारण यहाँका स्थानीयले कृषि पेसालाई ब्यबसायीक बनाउन सकेका थिएनन् । स्थानीय मोहन राई पहिले पानी सङ्कलन गर्दा जाने समय अब कृषिमा लगाउने बताउनु हुन्छ । “हाम्रो अधिकांश समय पानी जोहो गर्दा नै बित्ने गरेको थियो पानी नहुँदा पनि कृषि पेसामा समस्या थियो तर अब त्यो समय कृषिमा लगाउँछौ यहाँ किवी सहित तरकारी वाली राम्रो हुन्छ” राई भन्नु हुन्छ । अहिले खान र घर धन्दाको लागी पुग्ने पानी आउँछ । अरु पानी जोहो गरेरै भए पनि अब कृषि कर्ममा लगाउँछौ राई थप्नुहुन्छ । पानीको समस्या हटेको तथा कृषि उत्पादन बिक्री गर्न समस्या नहुने भएकाले अब कृषि पेसामा लाग्ने अर्का स्थानीय विजय राई बताउनु हुन्छ । “पानी त आयो अब पानी जोहो गर्ने समय कृषि तर्फ लगाउन थालेको छौ” राई भन्नु हुन्छ ।
     

COMMENT

.