
धनकुटा, माघ २३ । विश्रान्ति मन्दिर महापुराण आयोजक समितिले धनकुटा बजारमा घर दैलो कार्यक्रम गरेको छ। आगामी फागुनमा हुने विश्रान्ति महापुराणमा सहभागिताको लागि निमन्त्रणा गर्न घर दैलो कार्यक्रमको आयोजना गरिएको हो । धनकुटाको नर्वदेश्वर शिवालयबाट सुरु भएको घर दैलो कार्यक्रम मदन चोक, चुवाको बोट, परिचय मोड, भीमनारायण चोक माथिल्लो कोप्चे, तल्लो कोप्चे हुँदै चुवाको बोट चोकसम्म आइपुगेर समापन भएको थियो।
विश्रान्ति मन्दिरमा आगामी फागुन ४ देखि १५ गतेसम्म धर्मको रक्षा गर्दै मन्दिरको विकासका लागि शिव पुराण ज्ञान महायज्ञ आयोजना हुन लागेको हो । फागुन महिना शिवरात्रि पर्ने हुनाले शिवको महिमालाई उजागर गर्नका लागि शिव पुराण ज्ञान महायज्ञ गर्न लागेको आयोजक समितिका महासचिव जनार्दन घिमिरेले बताउनु भयो । वैदिक सनातन धर्म र संस्कृतिको रक्षार्थ समस्त पितृ उद्धार, राष्ट्र कल्याण, वृद्धाश्रमलाई थप व्यवस्थित रूपमा सञ्चालन गर्न ज्ञान महायज्ञ गर्न लागिएको हो ।
सक्नेले एक मन, नसक्नेले एक झोला, त्यो पनि नसक्नेले एक गोजी र त्यो पनि नसक्नेले एक मुठी वा एक दाना सहयोग भन्ने अभियानका साथ महायज्ञ हुन लागेको आयोजकले जनाएको छ । ११ दिनसम्म चल्ने शिवपुराण ज्ञान महायज्ञमा विद्धान पण्डित प्राध्यापक आचार्य दीपक पराजुली प्रमुख वाचक र आचार्य पण्डित सोमनाथ कोइरालाबाट पाठ परायण हुने बताइएको छ । यस्तै शिव महापुराणको उद्घाटन जगतगुरु अनन्त बाल सन्त मोहन शरण देवाचार्य महाराजश्रीबाट हुने घिमिरेले बताउनु भयो।
SHARE
RELATED_NEWS
अभिलेख








समाचार
श्रम स्वीकृति तथा उद्धार सेवा स्थानीय पालिकाबाट, वैदेशिक रोजगारी सहज बन्दै
१७ माघ २०८१, बिहिवार


COMMENT
.