
नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले अस्थिरता अन्त्यका लागि ठुला दुई दल मिल्नुपरेको बताउनु भएको छ। नेकपा एमाले जिल्ला कमिटी धनकुटाको आयोजनामा भएको जरा केन्द्रित अभियानको उद्घाटन गर्दै महासचिव पोख्रेलले महासचिव पोख्रेलले साना दलले ठुला दल माथि शासन गर्ने परिपाटीको अन्त्य गर्न पनि एमाले र काङ्ग्रेस मिल्नुपरेको बताउनु भयो। उहाँले नेपाल राष्ट्रलाई कमजोर बनाउन एमालेमाथि प्रहार भइरहेको बताउँदै त्यसको प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो। उहाँले २०८४ सालको निर्वाचनपछि साना दलको अस्थित्व अन्त्य गर्न पनि एमाले काङ्ग्रेस मिलेको बताउनु भयो।
उहाँले सामाजिक सञ्जाल गलत मान्छेको हातमा रहेकोले त्यसमा एमाले माथि भ्रम फैलाएको बताउनु भयो। उहाँले सिपी मैनालीले पार्टी छोड्दा, मदन भण्डारीको हत्या हुँदा, २०५४ सालमा राष्ट्र पक्षीय महाकाली सन्धिको विरुद्धमा भ्रम फैलाएर पार्टी फुट्दा कमजोर नभएको एमाले अब कमजोर नहुने बताउनु भयो।
उहाँले सरकारले अध्यादेशमार्फत देशमा सुशासनको प्रत्याभुति दिएको बताउँदै उहाँले यो सरकार जनताका लागि बनेको प्रमाणित भएको बताउनु भयो। उहाँले काङ्ग्रेस र एमालेले दलीय संयन्त्र बनाएर जनताको काम गरिरहेको दाबी गर्नुभयो।
SHARE
RELATED_NEWS
अभिलेख








समाचार
श्रम स्वीकृति तथा उद्धार सेवा स्थानीय पालिकाबाट, वैदेशिक रोजगारी सहज बन्दै
१७ माघ २०८१, बिहिवार


COMMENT
.