नेकपा एमाले धनकुटाको दोस्रो नगर अधिवेशनले अर्जुन छाराहांगको अध्यक्षतामा ७५ सदस्य नगर कमिटी गठन गरेको छ । हिजो सम्पन्न सो अधिवेशनले उपाध्यक्षमा चन्द्रकृष्ण ठकुरी, सचिवमा लक्ष्मण घिमिरे तथा उपसचिवहरूमा मानबहादुर राई र दुर्गा ढकाल चयन भएका छन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री राजेन्द्र कुमार राईले उद्घाटन गरेको सो अधिवेशनमा कार्यक्रममा प्रदेश सभा सदस्य निरन राई, केन्द्रीय सदस्य शकुन्तला बस्नेत र नेकपा एमाले धनकुटाका अध्यक्ष शिव आङ्ला लगायतले पार्टीको काममा सबैले इमानदारीताका साथ खटिन आग्रह गरे ।
सो अधिवेशनमा जिल्ला समन्वय समिति धनकुटाका समन्वय प्रमुख निरेन तामाङ, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ लगायतको उपस्थिति रहेको थियो ।
SHARE
RELATED_NEWS
अभिलेख
समाचार
श्रम स्वीकृति तथा उद्धार सेवा स्थानीय पालिकाबाट, वैदेशिक रोजगारी सहज बन्दै
१७ माघ २०८१, बिहिवार
फुटबल
१७ औँ संस्करणको भीमनारायण गोल्ड कपको उपाधि सप्तरीको नमो बुद्ध फुटबल क्लब लाई
२३ चैत २०८१, शनिवार
COMMENT
.