• १९ जेठ २०८२, आइतवार
  • विज्ञापनको लागि: 9842417115

सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ताले घरमै सुत्केरी गराउने शून्य

१ फागुन २०८१, बिहिवार
115


धनकुटा, माघ २७ गते ।  सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराए बापत पहाडी क्षेत्रमा प्रोत्साहन स्वरूप २८ सय रुपैयाँ प्रदान गर्दे आएको छ । जसको उद्देश्य मातृ तथा शिशु मृत्युदर घटाउन र सुरक्षित मातृ स्याहार गर्नु हो । तर धनकुटाका छथरजोरपाटी गाउँपालिकाले यही कार्यको लागी पालिकावासी लाई थप नौ हजार रुपैयाँ वितरण गर्दै आएको छ ।  पालिकाले सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता स्वरूप रु नौ हजार दिने गरेको हो ।  मातृ तथा शिशु मृत्युदर घटाउन र सुरक्षित मातृ स्याहार गर्नका लागि ‘उपाध्यक्ष सँग गर्भवती भत्ता तथा शिशु पोषण कार्यक्रम‘ ल्याएको गाउँपालिकाले जनाएको छ ।

        गाउँपालिकाले गर्भवती भत्ता तथा शिशु पोषण कार्यक्रम छथर जोरपाटी गाउँपालिका कार्यविधि २०७९ जारी गरी सोही साल वाट सुरु गरेको हो । सुरक्षित सुत्केरी गराउन, गर्भमा रहेको बच्चा र आमालाई पोसिलो खाध्यतत्वको कमी हुन नदिन तथा स्वास्थ्य बच्चा जन्माउने उद्देश्यले यो कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष छत्र सुब्बा बताउनु हुन्छ । “कुनै पनि बच्चा स्वास्थ्य जन्मिएन भने त्यसको सर्वाङ्गीण विकास हुन सक्दैन स्वास्थ्य नागरिक पालिकाको पहिलो प्राथमिकता हो जसले पालिकाको हित गर्छ त्यसैले आमा र बच्चा लक्षित यो कार्यक्रम ल्याएका हौ” अध्यक्ष सुब्बा भन्नुहुन्छ । २०७९ सालमा चुनावलक्षित कार्यक्रममा हिँड्दा पनि घरमै असुरक्षित रूपमा सुत्केरी गराएको पायौ जुन पूर्ण रूपमा असुरक्षित थियो यसलाई अन्त्य गर्नु पर्छ भनेर प्रोत्साहन स्वरूप यो कार्यक्रम सुरु गरेको हौ सुब्बा थप्नु हुन्छ । 

     पालिकाले यो भत्ता दुई चरणमा वितरण गर्दै आएको छ । पहिलो पटक गर्भवती जात गराउँदा पहिलो किस्ता स्वरूप तिन हजार रुपैयाँ वितरण गर्छ । पछि स्वास्थ्य संस्थामा सुत्केरी गराए पछि थप ६ हजार रुपैयाँ वितरण गर्ने गरेको छ । पहिलो पटक जाँच गराउँदा भत्ता सँगै आमाले खानुपर्ने खानेकुरा तथा पर्नुपर्ने कामको बारेमा समेत जानकारी दिने गरिएको पालिका उपाध्यक्ष गीता गुरुङ बताउनु हुन्छ । “बच्चाको विकास गर्भ अवस्थामा ३० प्रतिशत, जन्मिएको एक वर्षमा २५ प्रतिशत र दुई वर्ष सम्म २५ प्रतिशत गरी ८० प्रतिशत विकास हुने भएकाले सोही कुराको जानकारी दिँदै दुई चरणमा भत्ता वितरण गर्दै आएको छौ” उपाध्यक्ष गुरुङ भन्नु हुन्छ । 

        पालिकाले कार्यविधिमा उल्लेख गरे अनुसार पालिका भित्र स्थायी रूपमा बसोबास रहेका ब्याक्तिमात्र यो सेवामा समावेश हुन पाउँछन् । उनीहरूले देशभरको जुनसुकै स्वास्थ्य संस्थामा सुत्केरी गराए पनि यो सेवा उपलब्ध गराउँदै आएको छ । त्यस्तै दुई सन्तान हुँदा सम्म मात्र यो सुविधा पाउने पालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दर डङ्गोलले जानकारी दिनभयो ।  

कार्यक्रमअन्तर्गत प्रसूति सेवा सरकारको सूचीकृत संस्थाबाट सेवा लिएको सुनिश्चित गरिएको कागजात पेस गरी प्रसूति जाँच गरेको बच्चालाई बी.सी.जी. खोप लाएको र ३५ दिनभित्र वडा कार्यालयमा जन्म दर्ता गराएको प्रमाण पेस गर्नुपर्ने प्रावधान रहेको छ ।

उदेश्यउन्मुख ‘उपाध्यक्ष सँग गर्भवती भत्ता तथा शिशु पोषण कार्यक्रम‘

     त्यसो त पालिकाले यो कार्यक्रम ल्याउनुको उद्देश्य घरमै सुत्केरी गराउनेको सङ्ख्या शून्य बनाई स्वास्थ्य संस्थामा गराउनु रहेको पालिकाले जनाएको छ । यो कार्यक्रम आउनु अघि घरमै सुत्केरी गराउने आमाहरू रहेको भए पनि यो कार्यक्रम लागु भएपछि भने सो सङ्ख्या शून्य भएको छ । आर्थिक वर्ष २०७८÷०७९मा पालिका भरी सुत्केरी गराउनेको सङ्ख्या एक सय पाँच रहेकोमा त्यस मध्ये घरमै सुत्केरी गराउनेको सङ्ख्या पाँच रहेको थियो । यस अघि पनि पाँच देखि दश प्रतिसतले घरमै सुत्केरी गराउँदै आएको तथ्याङ्क पालिकामा रहेको छ । तर यो कार्यक्रम लागु भएपछि आर्थिक वर्ष २०७९÷०८० मा पालिका भरी सुत्केरी गराउनेको सङ्ख्या एक सय पैँतीस तथा गत आर्थिक वर्ष २०८०÷०८१ मा एक सय ४३ रहेकोमा घरमै सुत्केरी गराउनेको सङ्ख्या शून्य रहेको पालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दर डङ्गोलले जानकारी दिनभयो ।  



COMMENT

.