धनकुटा, फागुन २ गते । कोसी प्रदेशको विभिन्न जातजातिको कला संस्कृति
सङ्ग्रह गरी पर्यटकलाई आकर्षित गर्न धनकुटामा एक संग्राहलय निर्माण गरिएको छ । पर्यटक आकर्षित गर्न संग्रहालयले स्वरूपमा बर्सेनि लाखौँ रुपैयाँ खर्च गर्दै आएको छ । तर पर्यटक आउने क्रम भने सुधार हुन सकेको छैन ।
बि.सं.२०३९ सालमा निर्माण गरी २०५१ सालबाट सर्वसाधारणको लागि यो खुल्ला गरिएको तत्कालीन क्षेत्रीय संग्राहलय अहिले प्रदेश संग्राहलय बनाइएको छ । तत्कालीन पूर्वाञ्चलका १६ जातीका कला संस्कृति झल्कने बस्तु सहित बहुमूल्य गरगहना, सिक्का, विभिन्न जातजातिको रहनसहन, हातहतियार लगायत धेरै कुराको अवलोकन गर्न पाइन्छ ।
पर्यटक आकर्षित गर्न निर्माण गरिएको यो संग्रहालयले पर्यटक भने लक्ष्य अनुसार आकर्षित गर्न सकेको छैन । पर्यटक आकर्षित गर्न प्रदेश सरकारले बर्सेनि लगानी गरिरहेको छ । २०७५ सालमा प्रदेश मातहतमा आएपछि मात्र प्रदेश सरकारले ४० लाख रुपैयाँ खर्चेर भेसभुसा, गरगहना सङ्ग्रह गरी नयाँ ग्यालरी स्थापना गरेको थियो । त्यस पछि पनि संग्राहलय बाहिरको ब्युटिफिकेसन, विभिन्न डमी, फूलबारी, पुरातात्त्विक सामाग्री लगायतको लागी एक करोड भन्दा बढी खर्च भइसकेको प्रदेश संग्राहलय धनकुटाका प्रमुख चन्द्र प्रकाश अधिकारी बताउनु हुन्छ । अहिले पनि विभिन्न जातजातिको डमी निर्माणको क्रममै छ । “हामीले संग्राहलयको सुन्दरता र महत्व बढाउन बर्सेनि लाखौँ रुपैयाँ खर्च गरिरहेको छौ, प्रदेश सरकारको मातहतमा आएपछि मात्र एक करोडको हाराहारीमा खर्च भएको छ” प्रमुख अधिकारी भन्नु हुन्छ ।
पर्यटक आकर्षित गर्न बर्सेनि लगानी बढाउँदै लगेपछि संग्रहालय निक्कै सुन्दर र चिटिक्क त भएको छ । तर अवलोकनको लागी आउने अवलोकनकर्ताको अवस्था भने सुध्रन सकेको छैन । नजिकैका विद्यार्थी आए अवलोकनकर्ता केही बढ्ने नत्र अवलोकनकर्ता नगन्य हुने गरेको छ । बर्सेनि ६ हजार अवलोकन कर्ता भित्राउने लक्ष्य राखेपनी वार्षिक दुई हजार भन्दा बढी अवलोकनकर्ता आएको पाइँदैन । प्रमुख अधिकारी अवलोकनकर्ता बढाउन लगानी बढाए पनि सो अनुसार अवलोकनकर्ता नआएको उहाँ बताउनुहुन्छ । हाम्रो लगानीको मुख्य उद्देश्यै थप अवलोकनकर्ता आकर्षित गर्नु हो तर सोचेअनुसार अवलोकनकर्ता आएका छैनन् अधिकारी थप्नुहुन्छ ।
त्यसो त संग्राहलयको बारेमा धेरैलाई जानकारी नै नभएको गुनासो स्थानीय स्तरमा हुने गरेको छ । धनकुटा नगर क्षेत्रका बाहेक अन्य क्षेत्रका बासिन्दालाई जिल्लामा संग्राहलय छ भन्ने कुरा समेत जानकारी नै नभएको स्थानीय राजेश्वर बहादुर श्रेष्ठ बताउनु हुन्छ । त्यसैले त संग्रहालयले पूर्वाधार निर्माण भन्दा पनि प्रचारप्रसारमा बढी जोड दिनुपर्ने स्थानीयको भनाई छ । विद्यालय सहित विभिन्न स्थानमा गएर प्रचारप्रसार गर्नुपर्ने तथा धनकुटाका होटेल व्यवसायी सँग विभिन्न कार्यक्रम गरी संग्राहलयको बारेमा जानकारी गराइनुपर्ने श्रेष्ठ सुझाउनु हुन्छ ।
संग्रहालयमा विभिन्न १६ जातीका कला संस्कृति झल्कने बस्तु सहित बहुमूल्य गरगहना, सिक्का, विभिन्न जातजातिको रहनसहन, हातहतियार लगायत धेरै कुराको अवलोकन गर्न पाइन्छ ।
SHARE
RELATED_NEWS
अभिलेख
समाचार
श्रम स्वीकृति तथा उद्धार सेवा स्थानीय पालिकाबाट, वैदेशिक रोजगारी सहज बन्दै
१७ माघ २०८१, बिहिवार
फुटबल
१७ औँ संस्करणको भीमनारायण गोल्ड कपको उपाधि सप्तरीको नमो बुद्ध फुटबल क्लब लाई
२३ चैत २०८१, शनिवार
COMMENT
.