
धनकुटा, माघ१७गते । धनकुटाको साँगुरीगढी गाउँपालिकाले ध्वजेडाँडार खुवालुङ जोडेर पर्यटक प्रवर्दन गर्न पदमार्ग निर्माण सुरु गरेको छ ।खुवालुङ किरात हरुको सभ्यता संग जोडिएको स्थान हो । त्यस्तै ध्वजेडाँडा पालिकाको सबै भन्दा अग्लो स्थान सहित महत्वपुर्ण पर्यटकिय गन्तब्य हो ।अरुण,तमोर र सुनकोशी नदि मिसिने स्थानत्रवेणीमा रहेको खुवालुङलाई महाभारत पर्वत श्रृंखला अन्र्तगतका डाँडैडाँडा ध्वजे डाँडासंग जोड्न लागिएको हो । गाउँपालिकालाई दिर्घकालीन पर्यटकीय हवको रुपमा विकास गर्न पदमार्ग निर्माण गरिएको हो ।
गाउँपालिका भरिका १० वडामध्ये ५, ६, ७, ८, ९ र १० गरी ६ वडाहरुलाई पदमार्गले समेट्ने छ । ध्वजेडाँडा देखि त्रिवेणी हुँदै खुवालुङ सम्मको पदमार्गको कुललम्वाई ३८.२ किलोमिटर रहेको इञ्जिनियर दिपक राईले जानकारी दिनुभयो । करिव २ दिनमापदमार्गको यात्रा पुरा गर्न सकिन्छ ।पदमार्गको सुरुवातीविन्दु ध्वजेडाँडालाई मानिएको छ । ध्वजेडाँडाबाट सूर्याेदय र सूर्यास्तको दृश्य हेर्न मिल्ने छ । त्यस्तै तराईका समथर फाँट सँगै मकालु,सगरमाथा कुम्भकर्ण, कञ्चनजंगानेपालभारत र भुटान गरी तिन देशकाहिमाल देख्न सकिन्छ ।
ध्वजेडाँडाबाट सुरु हुने पदमार्ग ५ नं. वडाको ओख्रे बजार, ६ नं. वडाको नाम्जे बजार, आत्माघर, जनजातीपार्क, भेडेटार बजार, पाथिभरा मन्दिर हुँदै साँगुरीगढी, ७ नं. वडाको टोपेटेम्बा, ८ नं. वडाको रनफने डाँडा, ९ नं. वडाको झण्डीडाँडा, दाक्वुङ, राँके, चारपोखरी, वडुवाडाँडा, १० नं. वडाको लिम्बूचौतारा, चाम्राङ, भालेलु, ताङकेरा साङकेम्माहुँदै त्रिवेणी खुवालुङसम्म रहेको छ । यीदुइगन्तब्यजोड्न सके साँगुरी गढी गाँउपालिकाकाबिभिन्न स्थानजोडिनुको साथै भेडेटार घुम्न आउने आन्तरिक तथावाह्रयपर्यटकलाई नयागन्तब्यमिल्ने साँगुरीगढी गाउँपालिकाअध्यक्षजितेन्द्र राईले जानकारी दिनुभयो । “हाम्रो पालिका पर्यटकिय पालिका हो अझै धेरै स्थान ओझेलमा छन् ति स्थानमा पर्यटक पुग्ने बाटो खुल्छ जसको फाईदा पालिकालाई हुन्छ” राई भन्नु हुन्छ ।
गाउँपालिकाले गतआर्थिक वर्षमा पदमार्गका लागि ४० लाख रुपैया बजेट विनियोजन गरेको थियो । उक्त रकमबाट मार्गको विभिन्न स्थानमा संरचना निर्माण गरिएको थियो । पदमार्गमा पर्ने झाँडीहरुको सरसफाई, डेढ मिटर चौडाहा भएको करिव ६ किलोमिटर लम्वाईको फुट ट्रयाक, ७किलोमिटर क्षेत्रकाविभिन्न स्थानमा सुख्खा वाल लगायतको संरचना निर्माण गरेको थियो । बाँकी संरचना निर्माणको लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा ३० लाख रुपैया बजेट विनियोजन गरेको छ ।
यो क्षेत्रमा विशेष गरी राई, लिम्बु, मगर जातीहरुको जातीय संस्कार हेर्न सकिन्छ । स्थानीय वालीनाली, वन्यजन्तु, हरियाली तथा मनोरम दृष्य, स्थानीय वनस्पति तथा जैविक विविधतालाई नजिकबाट नियाल्न सकिने खुवालुङ–त्रिवेणी–ध्वजेडाँडा पदमार्ग उपभोक्ता समितिकाअध्यक्षनगेन्द्र राईले वताउनु हुन्छ ।“पदमार्गमा होमस्टेको प्रचुर सम्भावना रहेको छअन्य पर्यटकिय स्थललाई फाइदा पुग्छ यो पदमार्गमा हिड्ने पर्यटकहरुले नजिकवाट दुलर्भ मानिएको गिद्धको वथान नियाल्न सक्नेछन्” राई भन्नु हुन्छ ।
SHARE
RELATED_NEWS
अभिलेख








श्रम स्वीकृति तथा उद्धार सेवा स्थानीय पालिकाबाट, वैदेशिक रोजगारी सहज बन्दै


COMMENT
.