
धनकुटा फागुन २ गते । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धनकुटाको ४२ औँ जिल्ला सभा पाख्रीबासमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धनकुटाको आयोजनामा सम्पन्न कार्यक्रममा सङ्घीय सांसद राजेन्द्र कुमार राईले विपद् व्यवस्थापन, रक्तदान, स्वास्थ्य सेवा तथा आपत्कालीन उद्धार कार्यमा रेडक्रसले पुर्याएको योगदान अत्यन्त प्रशंसनीय रहेको बताउनुभयो । रेडक्रसको मानवीय सेवाले समाजमा ठुलो परिवर्तन ल्याएको उहाँको भनाई थियो । विपद्को समयमा यसको सक्रियता अझै बढाउन आवश्यक रहेको भन्दै उहाँले रेडक्रसका ७ सिद्धान्तहरूलाई आत्मासाथ गरी अगाडी बढे सबैको सर्वमान्य संस्था बन्ने बताउनुभयो । कार्यक्रममा प्रदेश सांसद निरन राई, इन्द्रमणि पराजुली, प्रमुख जिल्ला अधिकारी लगायतका अतिथिहरूले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धनकुटाले निरन्तर रूपमा मानवीय सेवाका विभिन्न कार्य गर्दै आइरहेकोमा खुसी व्यक्त गरे । उनीहरूले आगामी दिनमा तटस्थ रहेर काम गर्न सुझाव दिएका छन् । कार्यक्रममा विभिन्न समयमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धनकुटाको गतिविधिमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा द्रोणप्रसाद गुरागाईँ,भोलानाथ घिमिरे,भीमशंकर काफ्ले र डम्बर गुरागाईँ रहेको शाखाका अध्यक्ष छत्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
SHARE
RELATED_NEWS
अभिलेख








श्रम स्वीकृति तथा उद्धार सेवा स्थानीय पालिकाबाट, वैदेशिक रोजगारी सहज बन्दै


COMMENT
.