धनकुटा, फागुन ३ गते । धनकुटामा ‘चियासङै कविता’ कार्यक्रम थालनी भएको छ । जिल्लाका साहित्यिक स्रष्टाहरूको प्रयासमा हरेक शुक्रवार उक्त कार्यक्रम आयोजना गरिने जनाइएको छ ।
पहिलो बसाइ प्रणय दिवसको सन्दर्भबाट थालनी गरिएको संयोजक गोपाल बराइलीले जानकारी दिनुभयो । उक्त अवसरमा प्रेम, जीवन, दर्शन, सामाजिक परिवेशका भाव समेटिएका कविता वाचन गरिएका थिए । कवि घनश्याम बराल औलाली, रमेशचन्द्र अधिकारी, भीम राई, बद्रीनाथ अधिकारी, निर्मला कु“वर, गोपाल बराइली लगायतले कविता वाचन गरेका थिए ।
यस्तै, नेपाल पत्रकार महासङ्घका अध्यक्ष विदुर खवास, अग्रज पत्रकार सञ्जय सन्तोषी राई, अभिभावक सङ्घका केन्द्रीय उपाध्यक्ष सुन्दर बाबु श्रेष्ठ, झापाका स्रष्टा बुद्धिमान तामाङ लगायतले समेत धारणा राखेका राख्नु भएको थियो । जिल्लामा साहित्यिक गतिविधि न्यून भइरहेको अवस्था हरेक शुक्रवार चियासङै कविता प्रभावकारी हुने सहभागीहरूले बताए ।
SHARE
RELATED_NEWS
अभिलेख
समाचार
श्रम स्वीकृति तथा उद्धार सेवा स्थानीय पालिकाबाट, वैदेशिक रोजगारी सहज बन्दै
१७ माघ २०८१, बिहिवार
फुटबल
१७ औँ संस्करणको भीमनारायण गोल्ड कपको उपाधि सप्तरीको नमो बुद्ध फुटबल क्लब लाई
२३ चैत २०८१, शनिवार
COMMENT
.