
धनकुटा, फागुन ३ गते । डेरी एसोसिएसन धनकुटाले धनकुटा नगरपालिका वडा नं १० मा रहेको आधारभूत विद्यालयका विद्यार्थीहरूलाई कपडा तथा खाद्यान्न वितरण गरेको छ। विद्यालयमा अध्यनरत बौद्धिक अपाङ्गता तथा सुस्त मनस्थिति भएका ३५ जना विद्यार्थीलाई लक्षित गरी २० थान तन्ना तथा खाद्यान्न वितरण गरेको हो। जाडो मौसममा विद्यार्थीहरूलाई केही राहत होस् भन्ने उद्देश्यले उक्त कपडा र खाद्यान्न बिरतण गरिएको एसोसिएसनका अध्यक्ष राजु घिमिरेले बताउनु भयो।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पर्याप्त स्रोत नहुँदा आवासमा समस्या रहेको छ। बौद्धिक अपाङ्गता सुस्त मनस्थिति स्रोत कक्षा सञ्चालन भइरहेको विद्यालयमा सरकारी निकायबाट आएको बजेटले प¥याप्त मात्र नपुगेको र दाताहरूको सहयोगले केही राहत पुगेको विद्यालयका प्रधानाध्यापक विनोद सुबेदीले बताउनु भयो।
बौद्धिक अपाङ्गता सुस्त मनस्थिति स्रोत कक्षा रहेको यस विद्यालयमा विभिन्न दाताहरूले सहयोग समेत गर्दै आएका छन्। स्रोत कक्षामा अध्ययनरत ३५ जना विद्यार्थी आवासीय रूपमा अध्ययन गर्दै आएका छन्। विद्यालयमा धनकुटा सहित तेह्रथुम, भोजपुर, मोरङ र सुनसरी लगायतका कोसी प्रदेशमा रहेका जिल्लाहरूका विद्यार्थी अध्ययनरत रहेका छन्।
डेरी एसोसिएसनले गरेको उक्त कपडा तथा खाद्यान्न एसोसिएसनका अध्यक्ष घिमिरे, उपाध्यक्ष डिबि तामाङ, सचिव मकरबहादुर मगर र सदस्य मानबहादुर मगर लगायतले हस्तान्तरण गर्नुभएको थियो।
SHARE
RELATED_NEWS
अभिलेख








समाचार
श्रम स्वीकृति तथा उद्धार सेवा स्थानीय पालिकाबाट, वैदेशिक रोजगारी सहज बन्दै
१७ माघ २०८१, बिहिवार


COMMENT
.