
धनकुटा, फागुन ५ गते । धनकुटाको विश्रान्ति मन्दिर शिव महापुराण सुरु भएको छ । विश्रान्ति मन्दिर महापुराण आयोजक समितिले धर्मको रक्षा गर्दै मन्दिरको विकासका लागि शिव पुराण ज्ञान महायज्ञ आयोजना गरिएको जनाएको छ । फागुन महिना शिवरात्रि पर्ने हुनाले शिवको महिमालाई उजागर गर्नका लागि शिव पुराण ज्ञान महायज्ञ गर्न लागेको आयोजक समितिका महासचिव जनार्दन घिमिरेले बताउनु भयो । त्यस्तै वैदिक सनातन धर्म र संस्कृतिको रक्षार्थ समस्त पितृ उद्धार, राष्ट्र कल्याण, वृद्धाश्रमलाई थप व्यवस्थित रूपमा सञ्चालन गर्न ज्ञान महायज्ञ गर्न लागिएको हो ।
सक्नेले एक मन, नसक्नेले एक झोला, त्यो पनि नसक्नेले एक गोजी र त्यो पनि नसक्नेले एक मुठी वा एक दाना सहयोग भन्ने अभियानका साथ महायज्ञ हुन लागेको आयोजकले जनाएको छ । ११ दिनसम्म चल्ने शिवपुराण ज्ञान महायज्ञमा विद्धान पण्डित प्राध्यापक आचार्य दीपक पराजुली प्रमुख वाचक र आचार्य पण्डित सोमनाथ कोइरालाबाट पाठ परायण हुने बताइएको छ । यस्तै शिव महापुराणको उद्घाटन जगतगुरु अनन्त बालसन्त मोहन शरण देवाचार्य महाराजश्रीले गर्नु भयो । पुराण सुरु हुनुभन्दा पहिले १००८ कलश यात्रा गरी धनकुटा बजार परिक्रमा गरीएको थियो । पुराण आगामी शिवरात्रि सम्म सञ्चालन हुने छ ।
SHARE
RELATED_NEWS
अभिलेख








श्रम स्वीकृति तथा उद्धार सेवा स्थानीय पालिकाबाट, वैदेशिक रोजगारी सहज बन्दै


COMMENT
.