ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर धनकुटामा प्रदर्शन भएको छ। स्थानीयसँग छलफल नै नगरी पाथीभरा क्षेत्रमा चन्द्र ढकाल नेतृत्वको निजी कम्पनीलाई केबलकार बनाउन दिएको भन्दै आन्दोलन चलिरहेको छ। त्यही आन्दोलनका क्रममा शनिवार ताप्लेजुङमा भएको झडपपछि प्रहरीले २६ जनालाई पक्राउ गरेको भन्दै त्यसको विरोधमा धनकुटामा प्रदर्शन गरिएको हो। प्रदेश नं. १ पुन नामाङ्कन घर्षण समिति धनकुटा र मुकुम्लुङ घर्ष समिति धनकुटाको संयुक्त आयोजनामा प्रदर्शन गरिएको हो। कोणसभालाई सम्बोधन गर्दै जनता समाजवादी नेपालका सचिब राजकुमार राईले लिम्बूहरूको आस्थाको केन्द्र मुकुम्लुङमा पैसा कमाउने माध्यम बनाउन खोज्नु दुखद रहेको बताउनु भयो।
SHARE
RELATED_NEWS
अभिलेख
समाचार
श्रम स्वीकृति तथा उद्धार सेवा स्थानीय पालिकाबाट, वैदेशिक रोजगारी सहज बन्दै
१७ माघ २०८१, बिहिवार
फुटबल
१७ औँ संस्करणको भीमनारायण गोल्ड कपको उपाधि सप्तरीको नमो बुद्ध फुटबल क्लब लाई
२३ चैत २०८१, शनिवार
COMMENT
.