
धनकुटा जिल्लाको छथरजोरपाटी गाउँपालिका–५ परेवादिन स्थीत सिमल चाेकमा परेवा र सिलामसाक्माको स्तम्भ निर्माण गरिएको छ । गाउँपालिका, वडा तथा स्थानीय युवाको सहकार्यमा निर्माण सम्पन्न उक्त स्तम्भ निर्माण गरिएको हो । स्तम्भ गाउँपालिकाको २ लाख र स्थानीयको ४ लाख ६३ हजार लागत सहभागितामा रहेको छ । को गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बा ले एक समारोहका बिच स्तम्भको उद्घाटन गर्नुभयो । लिम्बु जातीको बढी बस्ती भएको तथा स्थानको नाम परेवादिन भएको कारण परेवा र सिलामसाक्माको स्तम्भ निर्माण गरिएको वडा नम्बर पाँचका वडाध्यक्ष डिकबहादुर लिम्बु ले जानकारी दिनुभयो । पालिका अध्यक्षले भने अन्यपालीकाले जस्तो धेरै खर्च नगरी थोरै खर्चमै राम्रो तथा सांस्कृतिक र ऐतिहासिक महत्त्व झल्काउने स्तम्भ निर्माण गरिएको बताउनु भयो । उहाँले स्थानीय पहिचान संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि निर्माण गरिएको यो स्तम्भ यो क्षेत्रकै सांस्कृतिक सम्पदाका रूपमा रहने विश्वास व्यक्त गर्नुभयो ।
SHARE
RELATED_NEWS
अभिलेख








श्रम स्वीकृति तथा उद्धार सेवा स्थानीय पालिकाबाट, वैदेशिक रोजगारी सहज बन्दै


COMMENT
.