• १९ जेठ २०८२, आइतवार
  • विज्ञापनको लागि: 9842417115

विरोधकै विच पाख्रिवास एमालेको नगर अधिवेशन सम्पन्न

१८ फागुन २०८१, आइतवार
719

धनकुटा, फागुन १८ गते । विरोधको बाबजुद एमालेको पाख्रिवास नगरपालिकाको नगर अधिवेशन सम्पन्न भएका छ । शनिवार सम्पन्न भएको नगर अधिवेशनमा पाख्रिवास नगरपालिकाका पूर्व मेयर वृष (राजन) राईको समूहको विरोधको बाबजुद पनि नगर अधिवेशन सम्पन्न भएको हो । आफ्नो सदस्यताको विषयमा अन्तिम टुङ्गो नलगाए सम्म अधिवेशन नगराउन कोसी प्रदेश कमिटीले दिएको अदेशलाई समेत नमानी अधिवेशन गराएपछि विरोध गरिएको उहाँले जानकारी दिनुभयो । एमाले कोसी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले गत फागुन चौध गते एक विज्ञप्ति जारी गर्दै वृष (राजन) राईको सदस्यताको टुङ्गो नलगाए सम्म पाख्रिवास नगर कमिटीको अधिवेशन प्रक्रिया अगाडी नबढाउन आग्रह गरेको थियो । सो आग्रह बावदजुद अबिधेसन प्रक्रिया अघि बढेपछि विरोध भएको हो । 

यता नेकपा एमाले धनकुटाका अध्यक्ष शिव आङलाले पाटी बाहिर रहेको ब्याक्तिले गरेको विरोधको कुनै औचित्य नहुने बताउनु भयो । २०७९ फागुनमै वृष (राजन) राईले पाटीमा नरहेको जानकारी पत्र पठाएर पाटी वाट बाहिरीको आङ्लाको भनाई छ । कोसी कमिटीले अबिधेसन रोक्न पाटीलाई कुनै पत्र नपठाएको समेत जानकारी दिनुभयो ।  

यसै बिच विरोधकै बाबजुद   सिताराम राईको अध्यक्षतामा नेकपा एमाले पख्रिबास नगरपालिकाको ७५ सदस्यीय नयाँ कमिटी सर्वसम्मत निर्वाचित भएको छ । पाटीका केन्द्रीय सदस्य तथा पूर्व खानेपानी मन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतित्थ्यतामा सम्पन्न सम्पन्न दोस्रो गाउँ अधिवेशनबाट राई सहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत चयन भएका हुन् । नवनिर्वाचित कमिटीको उपाध्यक्ष मदन राई, सचिव दुर्गा सुबेदी,उपसचिव(खुला)तार्ण बहादुर खपाङ्गी र महिला उपाध्यक्षमा मीठू देउजा निर्वाचित हुनुभएको छ । 


COMMENT

.