होमपेज
समाचार
राजनीति
विचार
अन्तर्वार्ता
खेलकुद
मनोरञ्जन
साहित्य
आर्थिक
विविध
ग्यालरी
Advertisement

अस्थायी बसोबास अनुमति पत्र वाट बञ्चीत हुने चिन्तामा स्पेनमा रहेका नेपाली

लेखक
PalikaNews
श्रेणी
समाचार
मिति
२०८२-१०-२४
हेरिएको
4 पटक


धनकुटा, माघ २४ गते । स्पेन सरकारले आप्रवासीलाई एकैपटक अस्थायी बसोबास अनुमति पत्र (TRC) तथा रोजगारीको अवसर दिने निर्णय भइपनि नेपाली सो अवसरवाट बञ्चीत हुने गुनासो गरेका छन् ।  स्पेन बस्दै आएका नेपालीहरूका अनुसार जुन देशमार्फत स्पेन पुगेका हुन् । त्यो देशको प्रहरी रीपोर्ट झिकाउन असम्भब हुने भएपछि नयाँ राहदानी अनिवार्य भएको धनकुटावाट स्पेन पुग्नु भएको राजेन्द्र बस्नेतले जानकारी दिनुभयो । भारत, पाकिस्तान र बंगलादेशले स्पेनका विभिन्न शहरमा दूतावास शिविर सञ्चालन गरी आफ्ना नागरिकलाई नयाँ राहदानी वितरण सुरी गरीसके पनि नेपालीहरुको लागि कुनै पहलनै नभएको सल्यान वाट स्पेन पुग्नु भएका गोपाल खड्काले गुनासो गर्नुभयो ।
स्पेनमा रहेका नेपाली नागरिकलाई नयाँ राहदानी आवश्यक रहेको भन्दै सन् २०२६ अप्रिल १ सम्म राहदानी उपलब्ध गराइदिन नेपाल सरकारसँग माग गरिएको छ । यता स्पेन स्थीत नेपालको दुताबासमा सम्पर्क गर्दा कर्मचारी सिमित भएकाले नेपाल सरकारले थप कर्मचारी नपठाए सेवा दिन नसकिने जवाफ दिएको चितवनवाट स्पेन पुग्नु भएका किसान परीयारले जानकारी दिनुभयो । स्पेन सरकारले करीब पाँच लाख आप्रवासीलाई एकैपटक अस्थायी बसोबास अनुमति पत्र  तथा रोजगारीको अवसर दिने निर्णय गरेपछि नेपाली अबसर गुम्ने भन्दै चिन्तीत भएका हुन् । 
 

प्रतिक्रियाहरू (0)