धनकुटा, माघ २७ गते । नेपाली कांग्रेसकी सहमहामन्त्री डिला सङ्ग्रौलाले परिवर्तन भएको नेपाली कांग्रेसमा मात्र देश बनाउने र बदल्ने शक्ति बताउनु भएको छ ।
चुनाव प्रचारप्रसार समिती धनकुटाले आयोजित पत्रकार सम्मेलनमा बोल्दै सहमहामन्त्री सङ्ग्रौलाले कांग्रेस जेन्जीको मर्मअनुसार रूपान्तरण भएको अब सबैको भरोसाको रुपमा काग्रेस उभिएको बताउनु भयो । “नेपाली कांग्रेसको भिजन नै देश बदल्नु हो, बदलिएको कांग्रेसले नै देश बदल्न सक्छ” उहाँ भन्नू हुन्छ । अन्य दलहरूले नेतृत्व र नीतिमा परिवर्तन गर्न नसकेको अवस्थामा कांग्रेसले भने त्यसमा सफलता हासिल गरेको उनको भनाइ थियो । रोजगार, पूर्वाधार, स्वास्थ्य, शिक्षा लगायतका १० बुँदे भिजनसहित आगामी निर्वाचनमा जान लागेको समेत बताउनु भयो ।
कांग्रेसले १०६ जना नयाँ अनुहारलाई उम्मेदवार बनाएको तथा प्रत्येक उम्मेदवारमा देश बदल्ने आँट र अठोट रहेको उहाँको भनाई छ । कार्यक्रममा नेपाली कांग्रेस अनुशासन समितिका संयोजक तथा संविधानसभा सदस्य तारामान गुरुङले विशेष अधिवेशनपछि कांग्रेसले नयाँ युग परिवर्तनको घोषणा गर्दै अघि बढेको बताउनु भयो । उनले कांग्रेस सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने एक्लो पार्टी भएको दाबी गर्दै पार्टीभित्र कहीँ पनि विद्रोही उम्मेदवार नरहेको स्पष्ट पार्नभयो । त्यस्तै, कांग्रेसले देशभर सन्तुलित र सक्षम उम्मेदवारहरू उठाएको उहाँको भनाइ थियो ।
पत्रकार सम्मेलनमा सहभागी नेपाली कांग्रेस धनकुटाका प्रतिनिधिसभा उम्मेदवार दिनेश राईले निर्वाचन आचारसंहिताको पालना नै आफ्नो मुख्य ध्येय रहेको बताउनु भयो । उहाँले निर्वाचनमा तडकभडक कम गर्ने प्रतिबद्धता जनाउँदै सबै राजनीतिक दललाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह पनि गर्नु भयो । साथै, नियमक निकायलाई पनि प्रभावकारी अनुगमन गर्न उहाँले आग्रह छ ।
प्रतिक्रियाहरू (0)