
धनकुटा, फागुन २० गते । धनकुटामा माझी समुदायले आफ्नो मुख्य चाड लदी (कोसी) पूजा धूमधाम सँग मनाएका छन् । फागुन महिनाको साइँली मङ्गलवार अर्थात् तेस्रो मङ्गलवार यो चाड धूमधाम सँग मनाएका हुन् । चौबिसे गाउँपालिका ४ भैसेटार माझीहरू बिहानैबाट तमोर किनारमा पुगेर पूजा गरी दिन भरी विभिन्न कार्यक्रम गरी मनाए । यहाँ चौबिसे गाउँपालिकामा रहेका माझी समुदायका ब्याक्तिहरु एकै ठाउँमा भेला भएर मनाएका हुन् । चौबिसे गाउँपालिकाका सबै माझीहरू एकै स्थानमा भेला भएर मनाएको स्थानीय राजन माझिले जानकारी दिनुभयो ।
त्यस्तै जिल्लाका तमोर, अरुण तथा विभिन्न नदी किनारमा बसोबास गर्ने माझी समुदायले यो पर्व मनाएका हुन् । कुशेटार, साप्तीङटार, लेगुवा लगायतका स्थानमा यो पर्व मनाइएको छ । अल्पसङ्ख्यक माझी समुदायमा लदी पूजा गर्नाले माझी समुदायको मुख्य पेसाको रूपमा परिचित पुर्ख्यौली पेसा नदीमा डुङ्गा (नाउ) चलाउँदा र माछा मार्दा कुनै पनि जोखिम आउँदैन भन्ने विश्वास रहेको छ । साथै, नदीमा पौडी खेल्दा बगाउँदैन भन्ने मान्यता समेत रहेको छ । वर्षातको समयमा नदीले बर्सेनि विभिन्न ठाउँमा मानवीय, भौतिक र आर्थिक क्षति पु¥याइरहेको छ । त्यस्ता किसिमका कुनै पनि मानवीय, भौतिक र आर्थिक क्षति नपुगोस भनेर नदीको पूजा गरिँदै आएको चौबिसे गाँउपालिका ४ फलामेटारका लालमान माझी बताउनू हुन्छ । “हाम्रो काम सबै नदिमै हुन्छ सबै कुरो नदी संगै जोडिएको छ त्यसैले केहि नहोस् सबै राम्रो होस् भनेर बर्षेनी यो दिन पूजा गर्दै आएको छौ” माझी भन्नु हुन्छ ।
यो पूजा गर्दा डुङ्गा, माछा मार्ने जाल, फुरुङ्गो पेरुङ्गो र बिभिन्न भगवानको प्रतीकको रूपमा ढुङ्गाको पूजा साथै बासको सेउला, सिमाली आदीको पूजा गर्ने गरिएको छ । त्यस्तै चामलको पिठाेवाट निर्माण गरिएको गोलमाडि परिकार निर्माण गरि चढाउने गरिएको छ । धनकुटाका सातै पालिकामा माझी समुदायको बसोबास रहेको छ । खास गरि अरुण तमोर किनार सहित बिभिन्न खोला किनारमामा माझी समुदायको बसोबास रहेको छ । जिल्लाका सबै स्थानका माझी समुदायले यो पर्व पूजा गरि मनाएका छन् ।
तर पछिल्लो समय सडक निर्माणसँगै नदिहरुमा पुल निर्माण भएसँगै माझी समुदायको मुख्य पेसा डुङ्गा (नाउ) मा मानिसहरुलाई नदी तार्ने काम बन्द भएपछि लदि पूजा पनि बन्द भएको थियो । त्यस्तै माछा मार्ने क्रम पनि रोकिए संगै नदिमा लदि पूजा हुन सकेको थिएन । आफ्नो कला संस्कृति लोप हुन लागकोले आफुहरुलेनै जोगाउनु पर्ने भन्दै यो पटक भने स्थानीय युवाहरूले वृद्ध बुवाहरूको सहयोगमा पूजा सुरु गरेको स्थानीय नेत्र कुमारी माझी बताउनु हुन्छ ।
माझी समुदायको पेसा सङ्कटमा परे संगै यो संस्कृति समेत लोप हुने अवस्थामा पुगे पछि स्थानीय तहले समेत चासो दिन थालेका छन् । यो पर्वको लागि धनकुटाको सागुरीगढी गाँउपालिका तथा चौबिसे गाउँपालिकाले एक एक लाख रुपैयाँ सहयोग गरेका छन् । माझी समुदायको पर्व सँगै पेसा समेत सङ्कटमा परेपछि पर्व र पेसा संरक्षणको लागी बिभिन्न आर्थिक सहित बिभिन्न सहयोग गर्दै आएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले जानकारी दिनुभयो ।
SHARE
RELATED_NEWS
अभिलेख








श्रम स्वीकृति तथा उद्धार सेवा स्थानीय पालिकाबाट, वैदेशिक रोजगारी सहज बन्दै


COMMENT
.