
धनकुटा, चैत्र ४ गते । धनकुटाको छथर जोरपाटी पालिकामा सम्पन्न भएको अन्तर पालिका स्तरीय फुटबल प्रतियोगिताको उपाधि छथर जोरपाटी गाउँपालिकाले जितेको छ । फाइल खेलमा चौबिसे गाउँपालिका एक शून्य गोल अन्तरले पराजित गदै उपाधि उचालेको हो । विजेता टोलीले उपाधि सँगै एक लाख पचास हजार रुपैयाँ हात परेको छ । उपविजेता चौबिसेले ७५ हजार रुपैयाँमा चित्त बुझाएको छ । सिधुवा सिहंदेबि यूथ क्लबको आयोजना तथा छथर जोरपाटी गाउँपालिकाको प्रायोजनमा भएको प्रतियोगितामा धनकुटाका सात पालिकाको सहभागिता रहेको आयोजकले जनाएको छ । खेलकुदका गतिविधिमा उत्साह ल्याउन प्रतियोगिता आयोजना गरेको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बाले बताउनु भयो । प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा तथा चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेमजोङ्गले संयुक्तरुपमा वितरण गर्नु भयो ।
फोटो
विजेता र उपविजेता टोली उपाधिको लागी प्रतिस्पर्धा गर्दै
SHARE
अभिलेख








समाचार
श्रम स्वीकृति तथा उद्धार सेवा स्थानीय पालिकाबाट, वैदेशिक रोजगारी सहज बन्दै
१७ माघ २०८१, बिहिवार


COMMENT
.