चैत्र ८ धनकुटा
धनकुटाको हिलेमा जीवन विकास लघुवित्त वित्तीय संस्थाले केन्द्र प्रमुख गोष्ठी तथा साक्षरता कार्यक्रम आयोजना गरेको छ ।
जीवन विकास लघुवित्त वित्तीय संस्था हिले शाखाको आयोजनामा भएको कार्यक्रममा ६१ केन्द्रका सहभागीलाई वित्तीय शिक्षा दिइएको छ । कार्यक्रममा प्रमुख अतिथि धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले लघुवित्तबाट लिएको रकम सही सदुपयोग गर्ने दिदी बैनीहरूलाई घर ब्यहवारमा निक्कै सहज भएको बताउनु भयो । उहाँले लघुवित्तबाट लिएका ऋणको सही सदुपयोग गर्न समेत आग्रह गर्नु भयो । विशिष्ट अतिथि जीवन विकास लघुवित्त वित्तीय संस्थाका सञ्चालक समिति सदस्य प्रकाश कुमार श्रेष्ठले संस्थाले अस्पताल सञ्चालन गर्न लागेको सो सो अस्पतालमा पहिलो प्राथमिकता संस्थाका सदस्यहरूलाई हुने समेत बताउनु भयो । कार्यक्रमका अध्यक्ष संस्थाका लघुवित्त विभाग प्रमुख मनोज कुमार साहले संस्थाको अवस्था तथा भावी कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । त्यस्तै उहाँले कसैको लहलहैमा लागेर संस्थाले ऋण मिनाहा गर्छ कि भनेर भ्रममा नपर्न समेत आग्रह गर्नु भयो । केन्द्रका सदस्यका ७ जना बालबालिका एक वर्ष सम्म निसुल्क शिक्षा तथा शैक्षिक सामाग्री समेत वितरण गरिएको छ । त्यस्तै उत्कृष्ट कार्य सम्पादन गर्ने केन्द्र १४३ लाई प्रथम केन्द्र १, दाेस्राे र केन्द्र ६ तेस्राे पुरस्कृत गरिएको छ । त्यस्तै उत्कृष्ट बचतकर्ताकारु रुपमा ३ र उत्कृष्ट उद्धमीकाे रुपमा ३ सदश्यलाइ पुरस्कृत गरीएकाे सस्थाले जनाएकाे छ ।
SHARE
RELATED_NEWS
अभिलेख
समाचार
श्रम स्वीकृति तथा उद्धार सेवा स्थानीय पालिकाबाट, वैदेशिक रोजगारी सहज बन्दै
१७ माघ २०८१, बिहिवार
फुटबल
१७ औँ संस्करणको भीमनारायण गोल्ड कपको उपाधि सप्तरीको नमो बुद्ध फुटबल क्लब लाई
२३ चैत २०८१, शनिवार
COMMENT
.