
हिले चैत्र २३ गते । १७ औँ संस्करणको सहिद भीमनारायण गोल्ड कपको उपाधि सप्तरीको नमो बुद्ध फुटबल क्लबले उचालेको छ । शनिवार धनकुटाको तल्लो टुँडिखेलमा सम्पन्न फाइनल खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई ट्राइवेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै उपाधिमा कब्जा जमाएको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरी भएपछि ट्राइवेकर मार्फत खेलको निर्णय गरिएको थियो । निक्कै प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा नमोबद्धको लागी राज भुसाल र क्षितिज भण्डारीले गोल गर्नु भयो । त्यस्तै गाईघाटको लागी आकाश राई र असीम राईले गोल गर्नु भयो । ट्राइवेकरमा भने नमाेबुद्धका पाँचै खेलाडीले प्रहार गोलमा परीणत हुँदा गाईघाटका चार खेलाडीको प्रहार मात्र गोलमा परिणत भयो । विजेता टोलीले उपाधि सँगै पाँच लाख रुपैयाँ हात पारेको छ । त्यस्तै उपविजेता टोलीले भने दुई लाख पचास हजारमा चित्त बुझाएको छ । चैत्र १७ गते वाट सुरु भएको प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको थियो ।
तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको आरोपमा २०३५ सालमा मृत्युदण्ड दिइएका शहीद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ । श्रेष्ठलाई सरकारले २०७४ सालमा शहीद घोषणा गरेको थियो ।
COMMENT
.