धनकुटा,चैत २८ गते । आगामी चैत्र ३१ गते वाट धनकुटामा तेस्रो कोप्चे उत्सव हुने भएको छ । धनकुटा नगरपालिका–५ स्थित तल्लो कोप्चे र माथ्लो कोप्चे क्षेत्रको चहलपहल बढाउन नेपाली नयाँ वर्षको अवसर पारी उत्सव गर्न लागिएको हो । आयोजक कोप्चे पुनर्जागरण अभियानले पत्रकार सम्मेलन गरी चैत ३१ देखि वैशाख २ गतेसम्म स्थानीय बिहीबारे हटियामा उत्सव गर्न लागिएको जनाएको छ । मौलिक खेल, खानेकुरा संस्कृति, भेसभुसा, रहनसहन संरक्षण र प्रवर्द्धनका लागि उत्सव गर्न लागिएको आयोजक संस्थाका सचिव उज्ज्वल कर्माचार्यले जानकारी दिनुभयो ।
उत्सवमा स्थानीय नेवारी र आठपहरियाको मौलिक खाना परिवारसहितका २० वटा स्टल रहने छन् । त्यस्तै, नेवारी र आठपहरिया जातीको सांस्कृतिक नृत्य तथा सङ्गीत प्रस्तुत गर्नुका साथै नेपालका मौलिक बाघचाल खेल, दुना टपरी बन्ने प्रतियोगिता घुम्ने कुर्सी आदि मनोरञ्जनात्मक खेलहरू खेलाइने जनाइएको छ । त्यस्तै फोटो पत्रकार महासङ्घ सँगको सहकार्यमा धनकुटाका पुराना तस्बिरहरूको प्रदर्शनी गरिने आयोजकले जनाएको छ । तीन दिनसम्म चल्ने उत्सवमा करिब २० हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको छ । तिन दशक अघिसम्म धनकुटा मुख्य बजारको रूपमा रहेको कोप्चे क्षेत्र पछिल्लो समय सुनसान बन्दै गएपछि पुरानै चहलपहल फर्काउन भन्दै पुनर्जागरण अभियानले नयाँ वर्षको अवसरमा कोप्चे उत्सव गर्दै आएको छ ।
SHARE
RELATED_NEWS
अभिलेख
समाचार
श्रम स्वीकृति तथा उद्धार सेवा स्थानीय पालिकाबाट, वैदेशिक रोजगारी सहज बन्दै
१७ माघ २०८१, बिहिवार
फुटबल
१७ औँ संस्करणको भीमनारायण गोल्ड कपको उपाधि सप्तरीको नमो बुद्ध फुटबल क्लब लाई
२३ चैत २०८१, शनिवार
COMMENT
.