ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ७ स्थित सिद्धिचरण राजमार्गमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
बिरामी बोकेर खोटाङको दिक्तेलबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ६४२१ नम्बरको टाटा सुमो आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा खोटाङको कोपिलासगढी गाउँपालिका–३ का ५६ वर्षीय मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र खोटाङकै दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–१२ की ४५ वर्षीया तारा गुरुङको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।
छोरा पुजन बिरामी भएपछि मायादेवीले आफन्त तारालाई साथ लिएर खोटाङबाट काठमाडौं जाँदै गरेको अवस्थामा सुमो दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुर्घटनापछि सुमो चालक सुनसरीको इनरुवा नगरपालिका–२ का २२ वर्षीय अनिल पण्डित फरार भएकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
SHARE
RELATED_NEWS
अभिलेख
समाचार
श्रम स्वीकृति तथा उद्धार सेवा स्थानीय पालिकाबाट, वैदेशिक रोजगारी सहज बन्दै
१७ माघ २०८१, बिहिवार
फुटबल
१७ औँ संस्करणको भीमनारायण गोल्ड कपको उपाधि सप्तरीको नमो बुद्ध फुटबल क्लब लाई
२३ चैत २०८१, शनिवार
COMMENT
.