धनकुटा, चैत्र २९ गते । पन्ध्रौँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धनकुटाको महालक्ष्मी नगरपालिकाले उचालेको छ । । जिल्ला खेलकुद विकास समिति धनकुटाको आयोजना, चौबिसे गाउँपालिकाको संयोजन तथा राजारानी स्थित पुण्य माध्यमिक विद्यालयको व्यवस्थापनमा बिहीबार साँझ सम्पन्न भएको सो प्रतियोगितामा महालक्ष्मीले ३१ स्वर्ण २५ रजत ८ कांस्य सहित प्रथम स्थान ओगटेको हो । त्यस्तै दोस्रो भएको धनकुटा नगरपालिकाले १८ स्वर्ण १६ रजत तथा ३० कांस्य हात पारेको छ । तेस्रो भएको चौबिसे गाउँपालिकाले ५ स्वर्ण ७ रजत ११ कांस्य हात पारको पुण्य माध्यमिक बिद्यालयका प्रधानाध्यापक तथा खेल संयोजक युवराज कटवालले जानकारी दिनुभयो ।
आगामी वर्षको प्रतियोगिता साँगुरीगढी गाउँपालिकाले संयोजन गर्ने आयोजकले जनाएको छ । प्रत्येक खेलका बिजेताले प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सहभागी हुन पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा विभिन्न प्रतिस्पर्धाको लागि धनकुटा जिल्लाका सात पालिका वाट तिन सय भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगीलाले खेल क्षेत्रलाई मात्र नभई शिक्षा र पर्यटनलाई समेत सहयोग पुर्याउने पालिका अध्यक्ष राजकुमार चेम्जोङले जानकारी दिनुभयो ।
SHARE
अभिलेख
समाचार
श्रम स्वीकृति तथा उद्धार सेवा स्थानीय पालिकाबाट, वैदेशिक रोजगारी सहज बन्दै
१७ माघ २०८१, बिहिवार
फुटबल
१७ औँ संस्करणको भीमनारायण गोल्ड कपको उपाधि सप्तरीको नमो बुद्ध फुटबल क्लब लाई
२३ चैत २०८१, शनिवार
COMMENT
.