धनकुटा, चैत्र ३१ गते । नेपाली नयाँ वर्षको अवसर पारेर धनकुटामा आज वाट तेस्रो कोप्चे उत्सव सुरु भएको छ । धनकुटा नगरपालिका–५ स्थित बिहीबारे हटियामा उत्सव सुरु भएको हो । कोप्चे पुनर्जागरण अभियानले तिन दिने उत्सवको आयोजना गरेको हो । उत्सवमा विभिन्न पुराना उपकरण, पुराना खेल, पुराना तस्बिर आदि आकर्षणको रूपमा रहेका छन् । त्यस्तै स्थानीय कला संस्कृती, यस क्षेत्रमा बसोबास गर्ने मुख्य समुदाय नेवारी र धनकुटा नगरपालिका क्षेत्रमा मात्र बसोबास गर्ने आठपहरिया जातिको विभिन्न मौलिक खानाका स्टल, जातीय झल्काउने कला साँस्किृति, भेसभुसा रहनसहन, नृत्य तथा साङ्गीतिक प्रस्तुति मात्र समावेश गरिएको छ । पुरानो बस्तुको जगेर्ना तथा संरक्षण गर्न उत्सव आयोजक संस्थाका सचिव उज्ज्वल कर्माचार्यले जानकारी दिनुभयो
धनकुटा नगरपालिका–५, स्थित तल्लो र माथिल्लो कोप्चे कुनै बेला पुरानो बजारका रुपामा मात्र नभई व्यापारीका केन्द्रका रूपमा चिनिने गरिन्थ्यो । तर पछिल्लो समय विकास बढेसँगै यस ठाउँको चहलपहल र व्यापार व्यवसाय समेत शून्य भएकाले यसलाई जागरण गराउने उद्देश्यले तिन दिने फेस्टिभलको आयोजना गरिएको जनाइएको छ ।
SHARE
RELATED_NEWS
अभिलेख
समाचार
श्रम स्वीकृति तथा उद्धार सेवा स्थानीय पालिकाबाट, वैदेशिक रोजगारी सहज बन्दै
१७ माघ २०८१, बिहिवार
फुटबल
१७ औँ संस्करणको भीमनारायण गोल्ड कपको उपाधि सप्तरीको नमो बुद्ध फुटबल क्लब लाई
२३ चैत २०८१, शनिवार
COMMENT
.