
धनकुटा, वैशाख ८ गते । धनकुटा नगर क्षेत्रमा मात्र बसोबास गर्ने आठपहरिया जातीले बिसु अर्थात् वैशाखे चाड मनाएका छन् । बिसु चाड किरात आठपहरियाको वर्षकै जेठो चाड हो । परिवार र समुदायमा सुखशान्ति, समृद्धि र मेलमिलापको कामना गर्दै आठपहरियाहरूले आठ दिन सम्म यो चाड मनाउने गर्छन् । गत सोमबार वाट सुरु भएको चार्ड आज बिदाइ पूजा गरी सम्पन्न भएको आठपहरिया समाजका उपाध्यक्ष सूर्य आठपहरियाले जानकारी दिनुभयो ।
बिसु चाडको पहिलो दिन उनीहरू भूमि पूजा गर्छन् । दोस्रो दिन देवस्थलमा लिपपोत र सरसफाइ गरी तेस्रो दिन मार्ग थानमा कुखुरा र सुगरको वली दिने चलन छ । यस्तै चौथो दिन राँगा र सुगरको भेजो लगाउँछन् । भेजो लगाएको राँगा र सुगरको मासु चढाएर पाँचौँ दिनमा पितृ पूजा गर्छन् । पितृ पूजाको भोलीपल्ट अर्थात् छौंटौं दिनमा वल्लो पल्लो गाउँका बुढापाका र युवायुवती भेला भएर संयुक्त रूपमा वनभोज आयोजना गरी रमाइलो गर्ने चलन रहेको आठपहरिया अगुवा अष्टबहादुर आठपहरियाले बताउनुभयो । सातौँ दिनमा तारा आप्मा अर्थात् धनुष बाणले तारो हान्ने प्रतिस्पर्धा हुन्छ, आठौँ दिनमा उनीहरू वर्ष दिन भरी अन्नपात र बालीनाली राम्रो होस भनी पानी मागी मार्ग थानमा आएर बिदाइ पूजा गरी चाडको अन्त्य गर्छन् ।
आठपहरियाहरूले वैशाख पछि भदौ र मङ्सिरे पूर्णिमा धूमधामका साथ मनाउँछन् । धनकुटामा मात्रै बसोबास रहेका सीमान्तकृत आठपहरियाको जनसङ्ख्या मुलुकभर करिब १० हजारको हाराहारीमा छ ।
SHARE
RELATED_NEWS
अभिलेख








श्रम स्वीकृति तथा उद्धार सेवा स्थानीय पालिकाबाट, वैदेशिक रोजगारी सहज बन्दै


COMMENT
.