
धनकुटा, वैशाख १८ गते । भलिबल उत्सवको अवसरमा धनकुटामा बिहीबार पाँच किलो मिटर दौड प्रतियोगिता आयोजना गरिएको छ । जिल्ला भलिबल सङ्घ तथा क्यु आर टोलीको आयोजनामा खुल्ला महिला र भेट्रान गरी तिन विधामा दौड गराइएको हो । प्रतियोगितामा खुल्लातर्फ ५ हजार मिटर दौडमा ओसन राई प्रथम, कुलमान राई दोस्रो र साजन पुलामी मगर तेस्रो हुनुभयो । उहाँहरूले क्रमशः १० हजार, ७ हजार ५ सय र ५ हजार रुपैयाँ सहित मेडल तथा प्रमाणपत्र हात पार्नुभयो ।
यस्तै महिला तर्फ महिला पुष्पा सेर्मा लिम्बू प्रथम, दीक्षा राई दोस्रो र १२ मिनेट ३२ सेकेन्ड १५ मिनी सेकेण्डमा दुरी पार गर्दै कल्पना राई तेस्रो हुनुभयो । उहाँहरूले क्रमशः ७ हजार ५ हजार र ३ हजार रुपैयाँ सहित मेडल तथा प्रमाणपत्र हात पार्नुभयो । यता भेट्रान्सतर्फको ५ हजार मिटर दौडमा विजय कुमार राई प्रथम मंगल तामाङ दोस्रो र कुमार पाहिम लिम्बू हुनुभयो । उहाँहरूले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ सहित मेडल तथा प्रमाणपत्र हात पार्नुभयो । यस्तै प्रतियोगितामा सहभागी भएका ७ वर्षीय आरम्भ ढकाल सहित ८ जना बालबालिकाले प्रोत्साहन स्वरूप जनही नगद एक हजार रुपैयाँ, तथा ६१ वर्षीय रामप्रसाद उरालले नगद एक हजार ५ सय रुपैयाँ हात पारे ।
भलिबललाई हरेक विधा सँग जोड्ने उद्देश्यका साथ दौड प्रतियोगिता आयोजना गरिएको जिल्ला भलिवल सङ्घ धनकुटाका अध्यक्ष गौरव कार्कीले जानकारी दिनुभयो धनकुटाको तल्लो टुँडिखेलबाट सुरु भएको प्रतियोगिता तल्लो कोप्चे, बिहीबारे हटिया, माथिल्लो कोप्चे, भीमनारायण चोक, भीमसेन थान, परिचय मोड, मदन चोक, मगर टोल, डाँडा गाउँ, त्रिवेणी चोक, हुलाक टोल, कोसी ग्यास हुँदै पुन टुँडिखेल आएर समापन भएको थियो ।
COMMENT
.