• २ असोज २०८२, बिहिवार
  • विज्ञापनको लागि: 9842417115

पहिरोको जोखिममा छ्यालुङ लाक्टाङ गाउँ

५ भदौ २०८२, बिहिवार
53
 भदौ ५ गते । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर दुई स्थित छ्यालुङ लाक्टाङ गाउँका ५ घर पहिरोको जोखिममा परेका छन् ।
     बस्तीमुनिको जमिन धाँजा फाटेर जमिन बगेपछि पछि गाउनै पहिरोको जोखिममा परेको हो । बस्तीमुनिको खेत, जङ्गल र अलैँचीवारिबाट सुरु भएको पहिरोले माथि रहेको बस्ती तान्ने जोखिम बढेको छ । लगातार परेको वर्षका कारण छ्यालुङ लाक्टाङ गाउँका १७ मध्ये ५ घर पहिरोको उच्च जोखिममा परेका हुन् । ५ घर मध्ये देवेन्द्र कटुवाल र केशर कटवालले बसोबासै छाडिसकेको वडाध्यक्ष पदम रखाल मगरले जानकारी दिनुभयो । उहाँका अनुसार जानुका कटुवाल, शोभित कटुवाल र कोष कुमारी बुढाथोकीका घर समेत उच्च जोखिममा रहेको छ । 
      ठुलो पानी परेको अवस्थामा सिङ्गो गाउनै जोखिममा पर्न सक्ने भएकाले सबैलाई सचेत अवस्थामा रहन आग्रह गरिएका महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज रायले जानकारी दिनुभयो । गाउँको एक पाटो तर्फ धाँजा फाटेर बग्न सुरु गरेको थियो । तत्काल वर्ष रोकिएकाले ठुलो जोखिम टरेको तथा ठुलो वर्षा भएको खण्डमा जुनसुकै बेला गाउँ जोखिममा पर्न सक्ने मेयर रायको भनाई छ । 
     प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल सहित जिल्ला विपद् व्यवस्थापन समितिको टोलीले पहिरोग्रस्त छ्यालुङ लाक्टाङ गाउँको अनुगमन गरेको छ । अनुगमनपछि पहिरोको जोखिम क्षेत्रका स्थानीयलाई नजिकैको बालबालिका केन्द्रको भवनमा सार्ने निर्णय भएको महालक्ष्मी नगरपालिले जनाएको छ । 



COMMENT

.