धनकुटा, भदौ ६ गते । धनकुटाको हिलेमा आज वाट चौथो हिले ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । हिले ब्याडमिन्टन क्लबको आयाेजनामा हिले स्थित ब्याडमिन्टन क्लबको हलमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता प्रदेश स्तरीय भेट्रान मेन्स डबल, नगरपालिका स्तरीय मेन्स डवल, वि लेबल मेन्स डवल र उमेन डबल गरी चार इभेन्टमा खेलाइने आयोजकले जनाएको छ । प्रतियोगितामा मेन्स डबलमा २८, वि लेबल मेन्स डबलमा ३२ र भेट्रान तर्फ १३ र उमेन डबल तर्फ ५ टिम गरी कुल ६८ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष आसिस गोङ्वाले जानकारी दिनुभयो ।
दुई दिन सञ्चालन हुने सो प्रतियोगितामा मेन्स डबल तथा भेट्रान तर्फका विजेताले ३१ हजार उपविजेताले १७ हजार तथा तेस्रो हुनेले पाँच पाँच हजार रुपैयाँ हात पर्ने छन् । त्यस्तै वि लेबल मेन्स डबल तर्फका विजेताले २० हजार उपविजेताले १० हजार तथा तेस्रो हुनेले तिन तिन हजार रुपैयाँ ३२ र तर्फका विजेताले पाँच हजार र उपविजेताले तिन हजार हात पार्ने क्लवका सचिव सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिता धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले उद्घाटन गर्नु भयो ।
SHARE
RELATED_NEWS
अभिलेख
समाचार
श्रम स्वीकृति तथा उद्धार सेवा स्थानीय पालिकाबाट, वैदेशिक रोजगारी सहज बन्दै
१७ माघ २०८१, बिहिवार
फुटबल
१७ औँ संस्करणको भीमनारायण गोल्ड कपको उपाधि सप्तरीको नमो बुद्ध फुटबल क्लब लाई
२३ चैत २०८१, शनिवार
COMMENT
.