धनकुटा, भदौ ६ गते । धनकुटाको महालक्ष्मी नगरपालिका–४ दमारस्थित लेगुवा–खाँदवारि सडक खण्डमा आज दिउँसो ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । विराटनगरबाट सङ्खुवासभातर्फ अरुण तेस्रो जलविद्युत आयोजनाका लागि निर्माण सामग्री लिएर गइरहेको प्रदेश–१–०२–००१ ख ९८११ नम्बरको लोपेट ट्रक दिउँसो अनियन्त्रित भई सडक किनारमा पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
दुर्घटनामा धनकुटा साँगुरीगढी गाउँपालिका–५ का ३६ वर्षीय चालक शम्भु परियार ट्रकले च्यापिँदा गम्भीर घाइते हुनुभएको छ । उहाँलाई प्रहरीले उद्धार गरी उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा पठाएको छ । सोही ट्रकका सहचालक महालक्ष्मी नगरपालिका–१ का २३ वर्षीय विशाल राई सामान्य घाइते हुनुभएको छ ।
SHARE
RELATED_NEWS
अभिलेख
समाचार
श्रम स्वीकृति तथा उद्धार सेवा स्थानीय पालिकाबाट, वैदेशिक रोजगारी सहज बन्दै
१७ माघ २०८१, बिहिवार
फुटबल
१७ औँ संस्करणको भीमनारायण गोल्ड कपको उपाधि सप्तरीको नमो बुद्ध फुटबल क्लब लाई
२३ चैत २०८१, शनिवार
COMMENT
.