धनकुटाका सात स्थानीय तह मध्ये पाख्रिवास नगरपालिका उत्कृष्ट बन्न सफल भएको छ । आ.व. २०८०।८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा पाख्रिवास नगरपालिका उत्कृष्ट बन्न सफल भएको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय र आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण तथा विपद् व्यवस्थापन र सहकार्य र समन्वय गरी ९ क्षेत्रको कार्य सम्पादन मूल्याङ्कन गरी पुरस्कृत गर्दै आएको छ ।
यी सबै सूचकहरूमा पाख्रिवास नगरपालिकाले १०० मा ८२ प्रतिशत अङ्क प्राप्त गरेको स्वमूल्याङ्कन घोषणा गरेको छ । यसमध्ये समग्र स्थितिमा ८८.१ प्रतिशत, प्रक्रियागत स्थितिमा ७७.९४ प्रतिशत र परिमाणात्मक स्थितिमा ८२.२२ प्रतिशत अङ्क स्वमूल्याङ्कन गरेको छ । त्यस्तै संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा)मा सहिदभूमि गाउँपालिका दोस्रो वनेको छ । गाउँपालिकाले १०० मा ८१.७५ अङ्क प्राप्त गरेको छ । त्यस्तै चौबिसे गाउँपालिकाले १०० मा ८१.५ अङ्क प्राप्त गरी तेस्रो भएको छ । ८०.५ प्रतिशत अङ्क प्राप्त गर्दै महालक्ष्मी नगरपालिका चौथो, साँगुरीगढी गाउँपालिकाले ७९.५ प्रतिशत अङ्क प्राप्त पाँचौँ वनेको छ । त्यस्तै ७६.६२ अङ्क प्राप्त गर्दै धनकुटा नगरपालिका छैटौँ र छथरजोरपाटी गाउँपालिका अन्तिम स्थानमा रहेको छ ।
SHARE
RELATED_NEWS
अभिलेख
समाचार
श्रम स्वीकृति तथा उद्धार सेवा स्थानीय पालिकाबाट, वैदेशिक रोजगारी सहज बन्दै
१७ माघ २०८१, बिहिवार
फुटबल
१७ औँ संस्करणको भीमनारायण गोल्ड कपको उपाधि सप्तरीको नमो बुद्ध फुटबल क्लब लाई
२३ चैत २०८१, शनिवार
COMMENT
.