• १६ साउन २०८२, बिहिवार
  • विज्ञापनको लागि: 9842417115

बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा शनिबार उद्घाटन

१७ माघ २०८१, बिहिवार
144

बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

आज बिहीबार धरान रंगशालामा पत्रकार सम्मेलन गर्दै आयोजक धरान फुटबल क्लबले शनिबारदेखि सुरू हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।

प्रतियोगितामा भुटानको आरटीसी फुटबल क्लब र भारतको युकेएफसीसहित आठ वटा टिमले सहभागिता जनाउनेछन् । प्रतियोगितामा ए डिभिजनका चर्च ब्वाईज क्लब, नेपाल पुलिस क्लब र एनआरटी क्लबले सहभागिता जनाउनेछन् ।

यसैगरी आयोजक धरान फुटबल क्लब, राजा क्लब इटहरी र काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले सहभागी हुने धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।

प्रतियोगिताको २५ औं संस्करणको अवसरमा उद्घाटन समारोह विशेष हुने आयोजकले जनाएको छ ।

उद्घाटन समारोहमा विद्यालयहरूको मार्च पास, ८० जनाको समूहको विशेष नृत्य र ५ पाउण्डको केक काट्ने कार्यक्रम रहेको अध्यक्ष तामाङले जानकारी दिए ।

चर्च ब्वाइज युनाइटेड काठमाडौ र नेपाल पुलिस क्लब काठमाडौले उद्घाटन खेल खेल्दैछन् । माघ १९ गतेदेखि २६ गतेसम्म धरान रंगशालामा प्रतियोगिता चल्नेछ ।

प्रतियोगिताको प्रथम पुरस्कार १० लाख रुपैयाँ धरान बहराइन एकता समाज र धरान समाज युकेबाट प्रायोजन हुने र दोस्रो पुरस्कार पाँच लाख रुपैया क्लबका शुभचिन्तक अरूण राईले पोर्चुगलबाट प्रायोजन गरिदिने भएको क्लबका अध्यक्ष तामाङले बताए ।

यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याच धरानको माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरले, प्रतियोगिताको उत्कृष्ट खेलाडी केन्द्र लिम्बूले पोर्चुगलबाट र विधागत उत्कृष्ट सात जनालाई केल्मी ब्राण्डले प्रायोजन गरेको छ ।

COMMENT

.