धनकुटामा भइरहेको एभोकाडो खेती, रोग कीरा, उत्पादन र गुणस्तरमा देखिएका समस्या र समाधानका उपायबारे अध्ययन गर्न विदेशी कृषि वैज्ञानिक सहितको एक टोली धनकुटा आएको छ । एसियाली विकास बैङ्क, नार्क र नाफाको वैज्ञानिक सहितको प्राविधिक टोली धनकुटा आएको हो ।
ब्यापक रुपमा बगैँचा बिस्तार हुँदै गएको धनकुटामा एभोकाडोको बोट ओइलाउने, फल झर्ने, जरा कुहिने, झुसिले लाग्ने जस्ता समस्या छन । टोलीले सुन्तला खेतीको विकल्पका रूपमा हेरिएको एभोकाडो खेतीमा देखिएका यिनै समस्याको अध्ययन र समाधानका उपायबारे किसानसँग छलफल गरेको छ । त्यस्तै एभोकाडोको जातीय पहिचान, नर्सरी र बगैचा व्यवस्थापन बारे पनि अध्ययन गरिएको टोलीले जनाएको छ । पहाडी क्षेत्र कास्ठफल तथा फलफूल विकास आयोजना (नाफा), नेपाल कृषि अनुसन्धान परिषद्का कृषि वैज्ञानिक र प्राविधिकहरूले पाख्रीवास, सुन्तला जात अनुसन्धान केन्द्र पारिपात्ले लगायत स्थानका बगैचा तथा नर्सरी अनुगमन गरेको हो । किसानका वारि र बगैचामा देखिएका समस्यामा आधारित भएर अनुसन्धान अगाडी बढाएर समाधानका लागि प्रविधि विकास गर्दै जाने नार्कका कृषि वैज्ञानिक अमर पुनको भनाइ छ ।
SHARE
RELATED_NEWS
अभिलेख
समाचार
श्रम स्वीकृति तथा उद्धार सेवा स्थानीय पालिकाबाट, वैदेशिक रोजगारी सहज बन्दै
१७ माघ २०८१, बिहिवार
फुटबल
१७ औँ संस्करणको भीमनारायण गोल्ड कपको उपाधि सप्तरीको नमो बुद्ध फुटबल क्लब लाई
२३ चैत २०८१, शनिवार
COMMENT
.