धनकुटा, भदौ १० गते । सङ्खुवासभाको मुढे बजारमा बहु आयामिक नमुना पुस्तकालय निर्माण गरिएको छ । परम्परागत पुस्तकालय प्रणालीलाई विस्थापन गर्दै धर्मदेवी नगरपालिका ३ मा समुदायको मागमा आधारित बहु आयामिक नमुना पुस्तकालय निर्माण गरिएको हो । रिड नेपालको २ करोड ८३ लाख र धर्मदेवी नगरपालिकाको ५० लाख रुपैयाँको लागतमा कुल ३ करोड ३३ लाख रुपैयाँको लागतमा पुस्तकालय निर्माण गरिएको धर्मदेवी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष भीम बहादुर लिङ्खाले जानकारी दिनुभयो ।
दुई कार्यक्रम हल सहित बनेको उक्त नौ कोठे भवनमा बालबालिका कक्ष, युवा अतिरिक्त, महिला, बहुप्राबिधिक, आइसिटी, पुस्तकालय, र जोखिम न्यूनीकरण कक्ष साथै अपाङ्ग मैत्री कक्षा, समेत रहेका छन् । पुस्तकालयमा तीन हजार भन्दा बढी पुस्तकहरू रहेका छन् । त्यस्तै पुस्तकालयले स्थानीय स्तरमा आबश्यक्ता अनुसार विभिन्न तालिम तथा परामर्श समेत दिने उद्देश्य सहित स्थापना गरिएको रिड नेपालका डेपुटी डाइरेक्टर चिनाकाजी श्रेष्ठले जानकारी दिनुभयो । आगामी दिनमा स्थानीय स्तरमा रहेका बौद्धिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा रहेको विभिन्न विषयमा पुस्तकहरू प्रकाशन गर्दै जाने लक्ष राखेको उहाँको भनाई छ ।
पुस्तकालय आगामी भदौ १५ गते पुस्तकालय दिवसको अवसरमा उद्घाटन गर्ने तयारी गरिएको छ । पुस्तकालयले पुस्तक प्रतिको मोह मात्र नभई स्थानीयको जीविका र आयआर्जनकोको पाटोमा समेत धेरै सहयोग गर्ने धर्मदेवी नगरपालिकाका प्रमुख उदय चन्द्र पौडेलले जानकारी दिनुभयो ।
SHARE
RELATED_NEWS
अभिलेख
समाचार
श्रम स्वीकृति तथा उद्धार सेवा स्थानीय पालिकाबाट, वैदेशिक रोजगारी सहज बन्दै
१७ माघ २०८१, बिहिवार
फुटबल
१७ औँ संस्करणको भीमनारायण गोल्ड कपको उपाधि सप्तरीको नमो बुद्ध फुटबल क्लब लाई
२३ चैत २०८१, शनिवार
COMMENT
.