• २ असोज २०८२, बिहिवार
  • विज्ञापनको लागि: 9842417115

कुवेतमा श्रीमान र धनकुटामा श्रीमतीको मृत्यु, तिन छोरी बुवाआमा विहीन

१६ भदौ २०८२, सोमवार
176

कुवेतमा श्रीमान र धनकुटामा श्रीमतीको मृत्यु, तिन छोरी बुवाआमा विहीन

धनकुटा, भदौ १६ गते । वैदेशिक रोजगारीमा कुवेत पुग्नु भएका धनकुटाको महालक्ष्मी नगरपालिका १ कटहरे, सिप्रिङ गाउँका डम्बर बहादुर मगरको गत भदौ ४ कुवेतमा मृत्यु भयो । मृत्युको खबर सुनेर उहाँकी श्रीमती विद्या मगरको भदौ ७ गते मृत्यु भयो । पारिवारिक श्रोतका अनुसार कुवेतमा भएको विषाक्त मदिरा सेवनको घटनामा पर्नु भएको थियो । विषाक्त मदिरा सेवनबाट गम्भीर बिरामी पर्नु भएका मगरको उपचारको क्रममा भदौ ४ गते मृत्यु भएको खबर आएको स्थानीयको भनाई छ । श्रीमानको मृत्युले विक्षिप्त बन्नु भएकी विद्या भदौ ७ गते एकाएक बेहोस बन्नु भयो । उपचारका लागी जितपुर नगर अस्पताल पु¥याउन साथ अस्पतालले विद्यालाई मृत घोषित गरिदिएको विद्याका दाजु गणेश मगरले जानकारी दिनुभयो ।

    डम्बर दुई वर्ष अघि २०८० साल असारमा वैदेशिक रोजगारीमा कुवेत पुग्नु भएका थियो । श्रीमती विद्या भने धनकुटामै छोरीहरु सँगै बस्दै आउनु भएको थियो । मगर दम्पतीका तिन छोरीहरू छन् । उनीहरू एक्कासि बाबुआमा विहीन बन्न पुगेका छन् । १६ वर्षीय जेठी छोरी बिपना मगर धनकुटा सदरमुकाम स्थित तल्लो गोकुण्डेमा कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ । माहिली छोरी १५ वर्षीय सञ्जु मगर पनि सोही विद्यालयमा कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ ।  कान्छी छोरी समिता मगर दुई वर्षको हुनुहुन्छ ।

    श्रीमान् श्रीमतीको तिन दिनको अन्तरालमा भएको मृत्युले परिवार आफन्त मात्र नभई  गाउनै अहिले ठुलो पिडामा परेको छ । तिन छोरीको भविष्य अनिश्चित भएको छ । आमाको काजकिरीया सके पनि बुवाको लास नआउँदा काजकिरीया हुन सकेको छैन । लास धनकुटा सम्म ल्याउने प्रक्रियाको लागि आबश्उक पर्ने सम्पुर्ण कागजात पुरा गरेर पठाईसकेको  महालक्ष्मी नगरपालिकाका रोजगार संयोजक गौरब कार्कीले जानकारी दिनुभयो । मृतक मगरका चार दाजु भाइ र आमा हुनुहुन्छ । सबै छुट्टिएर बेग्लाबेग्लै बस्दै आउनु भएको छ । उहाँहरूका बुवाको समेत गत जेठ ६ गते मृत्यु भएको थियो ।

     सामान्य आर्थिक अवस्था रहेको मगर दम्पतीको मृत्यु पछि छोराकारीको लालन पालन र हेरचाह कसरी गर्ने भन्ने आफन्त र छरछिमेकमा छलफल भइरहेको स्थानीय विमला थापाले जानकारी दिनुभयो । “बुवा आमा गुमाएका बालबालिका अहिले सबैको चासो हो हामी उनीहरूलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर लागि परेको छौ, आर्थिक अवस्था सामान्य भएको र काम गर्ने अभिभावक गुमाए पछि बालबालिकालाई समस्या हुन्छ भनेर आर्थिक सङ्कलन सुरु गरेको छौ” थापा भन्नु हुन्छ ।  माहिली छोरी १५ वर्षीय सञ्जु मगरको नाममा बैकमा खाता खोलेर सहयोग सङ्कलन सुरु गरिएको हो 

महालक्ष्मी नगरपालिकाले बालबालिकाको शिक्षामा लाग्ने खर्च सबै पालिकाले बेहोर्ने जनाएको छ । मेयर ध्रुवराज रायका अनुसार दुई छोरीको पढाई खर्च वार्षिक करीब ६० हजार हुने र त्यो पालिकाले बेहोर्ने छ । “हामी पछि पनि के गर्नु पर्छ उनीहरूको लागि गर्छाै तत्काललाई बालबालिकाको पढाइको लागी लाग्ने खर्च बेहोर्छौ थप सरसहयोगको लागी उहाँहरूको आफन्त छरछिमेक सँग छलफलमै छौ हामी सकेको र हुने सम्म गर्छौ” राय भन्नु हुन्छ ।


COMMENT

.