धनकुटामा स्थानीय तहको असल अभ्यास सम्बन्धी अनुभव आदानप्रदान तथा आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रगति समीक्षा कार्यक्रम आयोजना गरिएको छ । धनकुटा जिल्ला समन्वय समिति धनकुटाले आयोजना गरेको सो कार्यक्रममा धनकुटामा प्रदेश र सङ्घीय सरकार बिचका कार्यालय बिच समन्वय नहुँदा धेरै बजेट फ्रिज हुने क्रम बढेको एक कार्यक्रमका सहभागीले बताएका छन् । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले “सङ्घ र प्रदेशका कार्यालयले स्थानीय तहसँग समन्वय नगर्दा स्थानीय विकासका अनेक कार्यक्रम रोकिएको गुनासो गर्नु भयो । धनकुटाका प्रदेश सभा सदस्य इन्द्रमणि पराजूलीले पनि बजेट फिर्ता हुने क्रम बढेकाले एक अर्का बिच समन्वय गर्न आवश्यक रहेको बताउनु भयो । त्यस्तै अर्का प्रदेशसभा सदस्य निरन राईले कार्यालय प्रमुख र सम्बन्धित जनप्रतिनिधि बिच समन्वयमा जोड दिनुपर्ने बताउनु भयो । धनकुटाका सङ्घीय सांसद राजेन्द्र राईले सबैले आआफ्नो स्थान वाट सकेसम्म राम्रो काम गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा सहभागी अधिकांशले स्थानीय तहको क्षमता अभिवृद्धि र समन्वय सुधारका लागि सुझाव दिएका थिए । प्राप्त सुझावलाई सङ्कलन गरी सम्बन्धित निकायमा जिल्ला समन्वय प्रमुख निरेन तामाङले जानकारी दिनुभयो । स्थानीय तहले गरेका असल अभ्यास र प्रगति समीक्षा गदै कार्यक्रम दुई दिन सम्म सञ्चालन हुने छ ।
सोही कार्यक्रममा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन लिजामा प्रथम हुने चौबिसे गाउँपालिकाले दोस्रो हुने सहिदभूमी गाउँपालिका र तेस्रो हुने पाख्रीबास नगरपालिका लाई सम्मान समेत गरिएको छ ।
SHARE
RELATED_NEWS
अभिलेख
समाचार
श्रम स्वीकृति तथा उद्धार सेवा स्थानीय पालिकाबाट, वैदेशिक रोजगारी सहज बन्दै
१७ माघ २०८१, बिहिवार
फुटबल
१७ औँ संस्करणको भीमनारायण गोल्ड कपको उपाधि सप्तरीको नमो बुद्ध फुटबल क्लब लाई
२३ चैत २०८१, शनिवार
COMMENT
.