• २ असोज २०८२, बिहिवार
  • विज्ञापनको लागि: 9842417115

अख्तियारमा सङ्घीय मामिलासम्बन्धी सबै भन्दा बढी उजुरी

१८ भदौ २०८२, बुधवार
21
धनकुटा समाचारदाता
भदाै १८ गते । बितेको आर्थिक वर्षमा कोसी प्रदेशमा सङ्घीय मामिला सम्बन्धी सबै भन्दा बढी उजुरी परेका छन् । बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले धनकुटामा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण सुशासन प्रवर्द्धन विषय अन्तरक्रिया कार्यक्रममा दिएको जानकारी अनुसार एक हजार सात सय ८३ उजुरी मध्ये सङ्घीय मामिलासम्बन्धी आठ सय १५ उजुरी रहेका छन् । त्यस्तै शिक्षासम्बन्धी तिन सय ६५, भूमि सुधार सम्बन्धी एक सय १३, बन सम्बन्धी ९२ उजुरी परेका छन् । त्यस्तै भौतिक तर्फ ९३ र अन्य विभिन्न गरी तिन सय पाँच उजुरी परेका हुन् । 
      कार्यालयका अनुसार सबै भन्दा बढी उजुरी सप्तरी जिल्ला वाट पाँच सय १७ र सबै भन्दा थोरै पाँचथर वाट २८ उजुरी परेको  अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका सूचना अधिकारी नीरज कुमार देवले जानकारी दिनुभयो । उहाँका अनुसार दायित्व सरेर आएका र यो वर्ष दर्ता भएका गरी कुल दुई हजार तिन सय ३६ उजुरी मध्ये एक हजार नौ सय ३८ उजुरी छिनोफानो भएका छन् । 
      अधिकांश मुद्दा योजना तर्जुमाका चरणहरू पालना नगरिएको, अनुचित लाभ लिने गरी योजना तर्जुमा, सरोकारवालाको माग अनुसारको योजना छनोट नगर्ने, कर्मचारी नियुक्तिमा मिलेमतो, आवश्यक भन्दा बढी कर्मचारी नियुक्ति लगायतको मुद्दा बढी पर्ने गरेको पाइएको कार्यालय प्रमुख खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । 


COMMENT

.