
धनकुटा माघ ८ गते । पछिल्लो समय धनकुटामा एभोकाडोको खेती बढ्दो छ । एभोकाडो खेतीको क्षेत्र विस्तार र उत्पादन पनि उत्साहजनक भए पनि जात पहिचान, गे्रडिङ् र ब्राण्डिङको काम नहुँदा कृषकलाई समस्या हुने गरेको छ । किसानहरु एभोकाडोको जात, प्रकार, खेतिप्रविधि र यसमा लाग्ने रोगकीराका बारेमा जानकार छैनन् ।
धनकुटाको कर्मिटारका एभोकाडो उत्पादक किसान गोबिन्द श्रेष्ठ सुन्तला खेतीको विकल्पमा किसान र सरोकारवाला निकायले एभोकाडोको रोज्दै आए पनि उत्पादन गर्ने किसान एभोकाडोको जात, प्रकार, खेतिप्रविधि बारे जानकारी नहुदाँ समस्यामा भई रहेको वताउनु हुन्छ । कृषिमा काम गर्ने निकायले यो प्रति चासो दिनुपर्ने उहाको भनाई छ ।
विभिन्न खालका भिटामिन, चिल्लो पदार्थ र खनिज पाइने हुनाले यसका उपभोक्ता पनि दिन प्रतिदिन बढ्दै गएका छन् । बढ्दो बजार मागका कारण खेतिमा लाग्न चाहने किसानको संख्या पनि थपिदै गएको छ । धनकुटा नगरपालिकामा अहिले ४ हजार ९ सय २६ किसान परिवारले १२ हजार ९९ रोपनीमा एभोकाडो खेति हुने गरेको धनकुटा नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ । धनकुटा नगरपालिकामा मात्रै एभोकाडोको बिरुवा र फल बिक्रीबाट वार्षिक करिब आठ करोड रुपैयाँको कारोबार हुन्छ ।
धनकुटाको टेकुनालाका किसान रसबहादुर राई एभोकाडो खेतिमा आफ्नो लगाव भएपनि जात र प्रविधिका बारेमा आफू प्रष्ट नभएको बताउनु हुन्छ । एभोकाडो उत्पादनमा देखिएका चुनौती त छँदैछन् । अब उत्पादनको पहिचान र विश्वसनीयताका लागि ब्राण्डिङ अनिवार्य सर्त हो धनकुटामा एभोकाडो खेतीले व्यावसायिकरुप लिन थाले पनि ग्रेडिङ र ब्राण्डिङकोमा काम हुन नसकेको राईको गुनासो छ ।
उत्पादक किसानले एभोकाडो बिक्रीबाट अपेक्षा गरिएअनुसार लाभ हासिल गर्न नसकेको धनकुटा नगरपालिका ७ का अर्का एभोकाडो उत्पादनक किसान दिनेश श्रेष्ठ वताउनु हुन्छ । धनकुटामा एभोकाडो फलको खेति बिस्तार र उत्पादनले ब्यबशायिक रुप लिँदै गएको छ । तर धनकुटामा उत्पादित एभोकाडो आफ्नै पहिचान लिएर उपभोक्तामाझ पुग्न सकेको छैन् । धनकुटामा उत्पादित एभोकाडोको ट्रेडमार्कका बारेमा स्थानीयस्तरमा औपचारिक र अनौपचारिक छलफल हुने गरेका भए पनि यसको ठोस कार्यन्वयन भने नभएको श्रेष्ठले बताए । यसैबीच गुणस्तरीय एभोकाडो उत्पादन, लेभलिङ र ब्राण्डिङका साथै बाह्यबजार प्रबद्र्धनका लागि प्रकृयागत काम अघि बढाइएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताउनु भयो । एभोकाडो खेतीको प्रवद्र्धन देखि लिए लेभलिङ र ब्राण्डिङ लगायतका काममा स्थानिय सरकारले आफ्नो तह बाट गर्ने सक्ने कार्य गरि रहेको समेत प्रमुख तामाङ्गको भनाई छ ।
अहिले धनकुटाका किसानलाई गुणस्तरिय एभोकाडो उत्पादन गर्नुपर्ने चुनौती छ । एभोकाडो गुणस्तर सुधार गरि यसको ब्राण्डिङ र लेभलिङ गर्नसके मूल्य श्रृङ्खला बढाएर किसानको आम्दानीमा थप सुधार ल्याउन सकिने जानकारहरुको भनाई छ । आन्तरिक बजारमा प्रतिस्पर्धात्मक लाभ लिन सकिने मात्र नभई अन्तराष्ट्रिय बजारमा निर्यातका अवसर प्राप्त हुन सक्छन् । बजारमा बिक्रीको अवसर सुनिश्चित गर्न धनकुटाले एभोकाडो ब्राण्डिङको काममा ढिलाइ गर्न नहुने कृषि अभियान्ता जीवनप्रसाद राई बताउनु हुन्छ ।
SHARE
RELATED_NEWS
अभिलेख








श्रम स्वीकृति तथा उद्धार सेवा स्थानीय पालिकाबाट, वैदेशिक रोजगारी सहज बन्दै


COMMENT
.