धनकुटा, चैत १० गते । धनकुटाको हिलेमा मङ्गलवारबाट १८ औ संस्करणको कोसी प्रदेश स्तरीय अन्तरपालिका राम नवमी कप भलिबल प्रतियोगिता सुरु भएको छ । हिले भलिवल क्लवकाेऋयाेजनामा हिले खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भोजपुरको राम प्रसाद राई गाउँपालिका विजयी भएको छ । रामप्रसादले भोजपुरकै हतुवागढी गाउँपालिकालाई १९—२५, २्५—२३, २४—२६, २५—०९, १५—१०को सेटले हराएको हो । प्रतियोगितामा आम चोक र राम प्रसाद राई सहित धनकुटाका पाख्रिवास नगरपालिका र महालक्ष्मी नगरपालिका, भोजपुरको अरुण, हतुवा गढी गाउँपालिका र षडानन्द नगरपालिका, सङ्खुवासभाको सभा पोखरी गाउँपालिका गाउँपालिका तथा झापाको कनकाई नगरपालिका गरी ९ टिम रहेका क्लबका अध्यक्ष सञ्जीव तामाङले जानकारी दिनुभयो ।
प्रतियोगितामा विजेता टोलीले नगद २ लाख २ हजार २२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता अन्तरगत फाइनल खेल राम नवमी अर्थात् १३ गते हुने छ । हिलेमा राम नवमीमा २०५५ साल वाट भलिबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।
प्रतिक्रियाहरू (0)